ढिकी संरक्षण गर्दै किन्ताङका स्थानीय महिला :- भिडियो रिपोर्ट

आधुनिक प्रविधितर्फको बढ्दो आकर्षण र सुविधाभोगी प्रवृत्तिका कारण ग्रामीण क्षेत्रको रैथाने प्रविधि लोप हुँदै गएको छ । आधुनिक प्रविधिको विकास हुनुअघि दैनिक जीवनयापनका लागि अति आवश्यक एवम् निर्विकल्प परम्परागत साधन तेल पेल्ने कोल, उखु पेल्ने कोल, ढिकी, जाँतो, ओखल र पानीघट्ट लोप हुँदै गइरहेका छन् ।

गाउँका रहेका ढिकी, जाँतो, पानीघट्ट र कोलजस्ता स्थानीय प्रविधि पछिल्लो समय संरक्षणको अभाव र स्थानीय बासिन्दाको बेवास्ताका कारण लोप हुने खतरा बढेको हो । केही समय पहिले सबैको घरमा रहेका ढिकी तथा जाँतो अहिले कसै कसैको घरमा मात्रै देखिन्छ । बढ्दो आधुनिकता, विद्युतीय मिलका कारण पुरानो महत्वका सामान लोप हुने अवस्थामा पुगेका हुन् ।

कृषिसुचनाले नेपालको पुर्बी जिल्ला धनकुटामा तयार पारिएको पुरा भिडियो :-

 

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments