दोलखामा पनि फौजी किराको प्रकोप

दोलखा : पहाडी जिल्ला दोलखाको सदरमुकाम चरिकोट नजिकै हुर्किँदै गरेको मकैबालीमा फौजी किराको प्रकोप देखिएको छ । सामुन्द्रिक सतहबाट करिब २ हजार मिटरको उचाइमा रहेको भीमेश्वर नगरपालिका–६, चोथाङमा हुर्कँदै गरेको मकैवालीमा दुईहप्तादेखि फौजी किराको प्रकोप देखिएको हो ।

चोथाङको करिब १५० रोपनीमा लगाइएको मकैबालीमा फौजी किराको प्रकोप देखिएको भीमेश्वर नगरपालिका–६ का वडाध्यक्ष नविन लामाले जानकारी दिए ।
१०–१५ रोपनीमा हुर्कँदै गरेको मकैमा किरा लागेर मेलैसँग मकैको बोट नै नष्ट गरेको चोथाङकी कृषक ठूली तामाङले दुखेसो गरिन् । ‘कीराले घुँडासम्म आएको मकै सबै सखाप नै बनायो’, कृषक तामाङले भनिन्। ‘मौषम पनि ठीकै थियो बाली राम्रो होला भनेको यो के किरा आयो २ फिट नपुग्दै बोट सखाप भयो’, अर्का किसान बिरबहादुर तामाङले दुखेसो गरे ।

मकैको कतिपय बोट त एकबित्तामै कीराले खाएको चोथाङकी किसान कुमारी लामाले बताइन् । उखेलेर बाख्रालाई घाँस दिँदा दिँदै बारी नै रित्तो हुने अवस्थामा पुगेको उनको भनाइ छ । चोथाङ नै घर भएका वडाध्यक्ष लामाको मकैबालीमा पनि फौजीले गर्दा बोट बढ्न पाएको छैन । फौजी किराको प्रकोपले मकैको बोट नासिँदै गएपछि लगातार ३ दिनदेखि विषादी छर्कने काम भइरहेको वडाध्यक्ष लामाले जानकारी दिए ।

नगरक्षेत्रको चोथाङमा फौजी किरा रोकथामको पहल भइरहेको भीमेश्वर नगरपालिका कृषि शाखाकी प्रमुख राधिका बुढाथोकीले जानकारी दिइन् । लकडाउनले भनेजति विषादी नपाउँदा रोकथाममा समस्या भइरहेको उनले बताइन । फौजी किराको प्रकोप बढेसँगै किरा नियन्त्रणका लागि विषादीको माग पनि बढिरहेको छ ।

यसअघि खासै नदेखिएको फौजी किरा नियन्त्रण गर्ने विषादी पुर्‍याउन नै समस्या भइरहेको व्यवसायीहरू बताउँछन् । खास गरी फागुनदेखि साउनसम्म बढी सक्रिय देखिने यो कीराको प्रकोप भदौपछि तापक्रम घट्दै जाँदा कम हुने गरेको पाइएको छ । अन्नपुर्णपोस्टमा खबर छ।
रवीन्द्र गौतम

के हो फौजी किरा ? पहिचान र रोकथामको उपाय

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments