फ्रान्सबाट नेपाल आएकी १९ बर्षीया युवतीमा कोरोना भएको पुष्टि

काठमाडौं :स्वास्थ्यमन्त्री भानुभक्त ढकालले विदेशमा आएका एक नेपालीमा कोरोना भाइरस संक्रमण भेटिएको बताएका छन् ।

सोमबार आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री ढकालले फ्रान्सबाट आएकी एक १९ बर्षीया नेपाली विद्यार्थीमा कोरोना भाइरसको रिर्पोट पोजेटिभ देखिएको जानकारी गराएका हुन ।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ढकाल । तस्बिर : रासस

उनलाई हाल आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी गराइएको छ । साथै उनीसँग भेटेका व्यक्तिहरुलाई पनि क्वारेन्टाइनमा राखिएको जानकारी गराइएको छ ।

उनलाई हाल टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको जानकारी गराइयो । उनी यही चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी थिइन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार ती युवतीको स्वाब पहिलो र दोस्रो पटक परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको थियो। तर तेस्रो पटकको परीक्षणबाट मात्रै उनमा कोरोना संक्रमण रहेको पत्ता लागेको थियो।

ती युवती चिकित्सककै परिवारकी सदस्य भएको खुलेको छ। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई अभिभावकले टेकुस्थित शुक्रराज अस्पतालमा परीक्षणका लागि पुर्‍याएका थिए। तीन पटकको परीक्षणका क्रममा कोरोना देखिएपछि उनलाई अहिले शुक्रराज अस्पतालकै आइसोलेसनमा राखिएको छ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले ती युवतीसँग भेट भएजति सबैको खोजी थालिएको बताए। उनले युवती सवार भएर आएको जहाजका यात्रुको पनि खोजी गरिएको बताउँदै ती सबैलाई क्‍वारेन्टाइनमा राखिने जानकारी दिए।

पत्रकार सम्मेलनमा कोभिड १९ विभिन्न रणनीति अपनाएर काम भइरहेको पनि जानकारी गराइएको छ ।अन्तर्राष्ट्रिय उडान, लामो दूरीका यातायता र नाका बन्द गरेर संक्रमण फैलिन नदिन पनि आवश्यक रणनीति तय गरिएको सम्मेलनमा जानकारी गराइयो ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments