बाबुराम भट्टराई बने हली

१५ असार २०७५


गोरखा : शुक्रबार असार १५ अर्थात् धान दिवसको अवसरमा देशभर रोपाईंको कार्यक्रम भइरहेका छन्। केही नेता लामो पाइन्ट लगाएरै हिलोमा पसेर दुई गाँज धान रोपेर फर्किएका छन्। केही नेता भने दिनभर रोपाईंमा सक्रिय छन्।

पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई भने गोरखामा आयोजित एक रोपाईं कार्यक्रमको हली र बाहुसे बनेका छन्।

गोरखाको सिरानचोक गाउँपालिका ५ मा आयोजित रोपाईं कार्यक्रममा सहभागी हुन् पूर्वप्रधानमन्त्री भट्टराई गृहजिल्ला आएका हुन्। उनी रोपाईं कार्यक्रममा सहभागी भएका मात्र छैनन्। अन्य हली र बाउसे बराबर काम गरिरहेका छन्। अन्य नेताजस्तो पाइन्ट सुर्किएर बाबुराम हिलोमा पसेनन्। उनी टिसर्ट र कट्टु लगाएरै हिजोमा काम गरिरहेका छन्।

बाबुरामले रोपाईं कार्यक्रमको उद्घाटन मात्र गरेनन्। अनौ समातेर केही सियो खेत हिल्याए। बाहुसेसमेत बनेका बाबुरामले केहीबेर रोपाहारसँगै पुगेर बिउँसमेत काढ्न भ्याएका छन्। यसरी बाबुराम सक्रिय भएर भइरहेको रोपाइको आयोजना सिरानचोर गाउँपालिका र नयाँ शक्ति गोरखाले संयुक्त रुपमा आयोजना गरेको हो।
sourse:अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments