साउन लागेसंँगै अण्डाको मूल्यमा भारी गिरावट

चितवन:
साउन लागेसंँगै कुखुराको अण्डाको मूल्यमा भारी गिरावट आएपछि किसान चिन्तित भएका छन् । जेठ, असारमा प्रतिक्रेट तीन सय रुपियाँभन्दा माथि बिक्री भइराखेको अण्डाको मूल्य अहिले गिरावट आएपछि किसानलाई समस्या परेको हो ।

नेपाल पोल्ट्री व्यवसायी मञ्च चितवनका कार्यकारी निर्देशक शिवप्रसाद बरालले भन्नुभयो, अहिलेको बजार मूल्य प्रतिक्रेट २८० मा बिक्री भएको छ, किसानले पाउने मूल्य अझ थोरै छ, यो मूल्यमा किसानलाई घाटा लागेको छ ।

बरालले भन्नुभयो, एक महिना अगाडि मात्रै प्रतिक्रेट ३२० मा बिक्री भएकोमा अहिले भारी गिरावट आएको छ । यस्तै अवस्था लामो समय रहने हो भने किसानले कुखुरापालन गर्न सक्दैनन्, यो मूल्य देशैभरि हो उहाँले भन्नुभयो, अण्डा उत्पादन गरेर बिक्री गर्ने किसानले लागत मूल्य पनि उठाउन सकेका छैनन् ।

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले भन्नुभयो, अण्डा उत्पादक किसानका लागि यो समय उपयुक्त होइन । नेपाली हिन्दुको चाडपर्वका रूपमा साउन भएकाले पनि त्यसको प्रत्यक्ष असर अण्डामा परेको हो, कँडेलले भन्नुभयो । कम्तीमा प्रतिक्रेट तीन सय रुपियाँमा भएमा केही रुपियाँ नाफा बच्न सक्छ । अहिलेको बजार मूल्यले किसानलाई उत्पादन गरेर एक रुपियाँ पनि नाफा छैन घाटामा काम गरिराखेका छन् । साउन, भदौ यस्तै गरी जाने हामीले अनुमान गरेका छौँ कँडेलले भन्नुभयो, आधिकारिक मूल्य बाहिर नआए पनि अहिले किसानले पाएको मूल्य भनेको प्रतिक्रेट २६० रुपियाँ हो ।

मञ्चको कार्यालयका अनुसार २०७३ साउनदेखि असोजसम्म प्रतिक्रेट २८० रुपियाँ थियो । यो दर वृद्धि भएर कात्तिकमा आउँदा ३२५ रुपियाँ, मङ्सिरमा ३४०, चैतको सुरुवातमा ३२० र चैतको दोस्रो हप्ताबाट लगातार ३६५ रुपियाँमा बिक्री भएको थियो । वि.सं. २०७४ वैशाख जेठ र असारमा अण्डाको मूल्य वृिद्ध भएर प्रतिक्रेट ३७० सम्म पुगेको थियो । त्यसपछि विस्तारै ओरालो लाग्दै प्रतिक्रेट ३२५ देखि ३४० सम्म थियो ।

व्यवसायीका अनुसार किसानले प्रतिक्रेट २८० रुपियाँ पाएमा घाटा लाग्दैन । यसभन्दा माथि मूल्य पाएमा नाफाको दर वृद्धि हँुदै जानेछ । मंगपुरका किसान रोहित गौतमले भन्नुभयो, अण्डाको मूल्य सन्तोषजनक छैन, गएको वर्ष उत्साहजनक थियो अहिले निरासा छाएको छ । १५ वर्षदेखि अण्डा उत्पादक गर्न कुखुरा पाल्दै आउनुभएका उहाँलाई अहिलेको मूल्य कायम भइरहे व्यवसाय टिकाउन समस्या पर्ने बताउनुहुन्छ ।

गोरखापत्रअनलाइन

सम्बन्धित खबर
रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता
रासायनिक मल

काठमाडौँ : नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र रि–निकोला प्राइभेट लिमिटेड कम्पनीबीच ...

पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

1 thought on “साउन लागेसंँगै अण्डाको मूल्यमा भारी गिरावट

  1. Pingback: cc shop

Leave a Reply

Your email address will not be published. Required fields are marked *