जंगली जनावरले बर्षेबाली नष्ट गरेपछि बैतडीका किसान चिन्तामा

बैतडी:
जंगली जनावरले बर्षेबाली नष्ट गर्न थालेपछि बैतडीका किसान चिन्तित बनेका छन् । जिल्लाका अधिकांश ठाउँमा मकैबाली जोगाउन किसानहरुलाई धौ धौ परेको छ । दिउँसोमा बँदेल, बाँदर र रातीमा दुम्सी तथा जंगली बदेलले मकैबाली नष्ट गर्नथालेपछि किसानहरुलाई मकैबाली जोगाउन सकस परेको हो ।

जंगली बँदेल, बादर र दुम्सीले बैतडीका विभिन्न ठाउँमा आतङक मच्चाउन थालेको हो । मुख्यखाद्यबालीको रुपमा रहेको मकै लगातार जंगली जनावरहरुले नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।

जिल्लाको सिगास गाउँपालिका–५ को कफटुडामा बर्खेबाली मकै दुम्सीले सखाप पारेको स्थानीय भानबहादुर बोहराले बताएका छन् । मकैको घोका लाग्ने लागेको बेला जंगली जनावरले मकैबाली नष्ट गर्न थालेपछी किसान चिन्तामा परेको उनको भनाइ छ ।

दुम्सीले लगातार रुपमा केही दिनदेखि मकैबाली नष्ट गर्न थालेपछि दुम्सीलाई कसरी नियन्त्रण गर्ने भनेर किसानलाई पिरोलेको छ । रातीको समयमा पहरा दिएपनि मकैबाली जोगाउन मुस्कील भएको सुर्नया गाउँपालिका–६ का भवानीदत्त अवस्थीले बताएका छन् । टहरा बनाएर रातीको समयमा पहरा दिएपनि मकैबाली जोगाउन नसकिएको सुर्नया गाउँपालिका ४ का कालु चन्दले बताएका छन् ।

जिल्लाका सबैजसो क्षेत्रमा मकैबाली जंगली बदेलले नष्ट गर्न थालेको किसानहरुले बताएका छन् । उता दोगडाकेदार गाउँपालिकामा बादँरले मकै लगाएतका अन्न बाली नष्ट पारीदिन थालेको छ । वडा नम्बर १ को रिम लगाएतका ठाउँमा बादँरले अन्नबाली नष्ट गरीदिदा किसानहरु चिन्तीत भएका छन् ।

बादर धपाउन सबै काम छोडेर आफुहरुले मकैको गोठाँलो लाग्नु परेको स्थानीय विरेन्द्र धामीले बताएका छन् । बादँरले मकै बाली संगै आफ,अनार, लगाएतका फलफूल पनी नष्ट पारेको छ ।

उनले भने–‘बादँरको आतंक बढ्दै गएकोले नियन्त्रणको लागी स्थानीय तहले पहल गरीदिनुपर्छ ।’ जिल्लाको तल्लोस्वराडस्थित शिवनाथ गाउँपालीका वडा नम्बर ३, ५ र ६ मा बदेलले आतङक मच्चाउन थालेको छ ।

यस क्षेत्रको मुख्य खाद्यान्न बाली मकै भएकाले त्यही पनि बँदेलले सखाप पार्न लागेको वडा नम्बर ६ का किसान केशबसिंह धनाडीले बताएका छन् । मेलौली नगरपालिका वडा नं २ र ३ मा जगंली बदेलले मकै खान थालेपछि कृषक रातिको समयमा खेतमै पहरा बस्ने गरेका छन् । जंगल बाट आएका बँदेलले २० रोपनी खेतमा लगाएको मकै जरा उखेलेरै खान थालेपछि पहरा बस्नु परेको स्थानिय हरिराम पार्कीको दुखेसो रहेको छ ।

दिनमा बादँरले पनि मकै खान थालेका छन् । उनले भने–‘जंगल नजिक घर भएका २ परिवारका ब्यक्तिहरु खरको छानो लगाएको टहरो बनाएर बस्ने गरेका छौं ।’

रातभरी खेतमै बस्नु परेपछि बाजागाजाका साधनहरु टहरोमै लगेर गित गाएर बस्ने गरेको स्थानिय रमेश बिसीले बताएका छन् । उनले भने ‘आफूहरुले हरेक बर्ष बदेंल धपाउन पहरा बस्ने गरेका छौं ।’ पाक्ने समय हुन लागेका मकै बदेँलले मकै सखास पारेको स्थानीय लोकबहादुर चन्दले जानकारी दिएका छन् ।

पाटन नगरपालिका वडा नम्बर ५का किसानको मकै बाली बदेँलले नष्ट गरिदिदा किसानहरु समस्यामा परेको दिएको स्थानीय हिरा पाण्डेले बताएका छन् । बँदेल धपाउन उनीहरु रातभर वर्षाको समयमा मकै बारीमा बस्न बाध्य भएका छन् । ‘बँदेललको डरले रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको छ ।’ उनले भने–‘बँदेलको डरले गर्दा घासँ,दाउरा ल्याउनको लागी जङ्गल जान समेत समस्या भएको छ ।’

बर्षेबाली जंगली जनावारले नष्ट गर्न थालेपछी किसानहरु भोकमरीको समस्या उत्पन्न हुने चिन्तामा रहेका छन् । साँझ बिहानको छाक टार्नको लागि लगाएको मकै बाली बदेलले सखाप पर्दा निकै समस्या हुने देखिएको किसानहरुको भनाइ छ । यो वर्ष पानी समयमा नपर्दा धेरै ढिला गरी मकै लगाएका यहाँका किसानहरु बँदेलले नष्ट गर्दा झनै चिन्तामा परेका छन् । बैतडीमा १४ हजार ९ सय हेक्टर क्षेत्रफल जमीनमा मकैखेती गरिदै आएको छ । जंगल नष्ट हुँदा जंगली जनावर खेतबारीमा पस्ने गरेको वनकर्मीहरुको भनाइ छ।
सुदूरखबर

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments