पशु उपचार साथै पशु चराए कर तिर्नपर्ने

जुम्ला-

जिल्लाको गुठीचौर गाउँपालिकाले आश्चर्यजनक रूपमा कुकुर, बिरालो तथा अन्य पशुको उपचारदेखि सबै पशुचरणमा कर लगाएको छ। घरमा पालेका कुकुर, बिरालो तथा पशु उपचार गरे वा आफ्नो वन तथा पाटन क्षेत्रमा पशु चराए स्थानीय तहले कर असुल्न सक्ने छ।

यसरी कुकुर, बिरालोदेखि पशु उपचार गर्नुपरे सामान्यतया १० देखि ५० रुपैयाँँ कर तिर्नुपर्नेछ। जसअनुसार कुकुर, बिरालोको उपचार गर्नुपरे दर्तास्वरूप २५ रुपैयाँ कर तोकिएको छ। गाई भैंसी उपचार गर्दा प्रतिगोटा २०, भेडा बाख्रा प्रतिगोटा १०, हात्ती, घोडा, खच्चड प्रतिगोडा ५० र कृत्रिम गर्भाधान गरे प्रतिगोटा ५० रुपैयाँ स्थानीय तहलाई कर तिर्नुपर्नेछ।

यसअघि निःशुल्क पशुपालन तथा चरिचरण गर्दै आएका किसानले अब स्थानीय तहको जुनसुकै वन क्षेत्रमा पशु चराए कर तिनुपर्ने भएको छ। गुठीचौर गाउँपालिकाको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको आर्थिक ऐन २०७५ मा यसरी वन तथा पाटन क्षेत्रमा पशु चराए कर असुल्ने उल्लेख छ।

राजपत्रमा प्रकाशित आर्थिक वर्ष ०७५÷७६ को अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न स्थानीय कर तथा शुल्क संकलन गर्ने निर्णयअनुसार स्थानीयले पशु चराए कर तिर्नपर्ने हुन्छ। सोअनुसार वन तथा पाटन क्षेत्रमा स्थानीयले भैंसी चराएप्रति भैंसीको ५ र बाहिरका किसानले चराए २० रुपैयाँ कर लिइनेछ। त्यस्तै स्थानीयलाई गाई, घोडा चराएबापत प्रतिगोटा ५, घोडा खच्चर, भेडा बाख्रा प्रतिगोटा २ र बाहिरकालाई १० रुपैयाँ कर लाग्ने व्यवस्था छ।

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments