जङ्गली हात्ती आतंक किसान रातभरि धान खेतमै जाग्राम

कैलालीको कैलारी गाउँपालिका–७ मा जङ्गली हात्तीको झुण्डले धान खेतीमा नोक्सान पु¥याएको छ । बिहीबार राति करिब ५०/६० को सङ्ख्यामा आएको हात्तीको झुण्डले भुइयाँफाँटा, रामपुर, बसन्ता गाउँका किसानको धान खेतीमा नोक्सान गरेको स्थानीयवासीले जनाएका छन् ।

हात्तीको झुण्ड जता गयो उतै धान सखाप पारेको भुइयाँफाँटा गाउँका सचिव फूलराज चौधरीले जानकारी दिनुभयो । उहाँले पसाएको धानमा हात्तीको झुण्डले लाखौँको क्षति पु¥याएको उल्लेख गर्नुभयो । क्षतिको यकिन विवरण त आइसकेको छैन, सचिव चौधरीले भन्नुभयो, तर, धेरै किसानको पसाएको धानमा क्षति पु¥याएको छ । खेतमा रहेको स–साना झुपडीसमेत भत्काएको छ ।

हात्तीको झुण्डले सबैभन्दा बढी काले मगर, बलराम चौधरी, लालुराम बखरिया लगायतका किसानको खेतमा क्षति पु¥याएको जनाइएको छ । भारतको दुधुवा नेसनल पार्कबाट हात्ती आउँदै गरेको थाहा पाएपछि भुइयाँफाँटा गाउँवासी धपाउनका लागि खेतमै पुगेका थिए । गाउँभरिका किसान राति खेतमा गएर हात्ती धपाउँदा पनि खेतमा पसाएको धान जोगाउन नसकेको चौधरीले जनाउनुभयो ।

विभिन्न छुट्टाछुट्टै टोली बनाएर किसानले लखेट्दै गर्दा हात्तीको झुण्ड खेतमा जताजता गयो, धानलाई सखाप पारेको छ । हामी पुग्दासम्म हात्तीको झुण्ड खेतमा पसिसकेको थियो । हामीले भैँसीको झुण्ड लखेटे जस्तै गर्दा पनि सबैतिर खेतमा धान रहेकाले जोगाउन भने सकिएन चौधरीले भन्नुभयो, एकातिरबाट लखेट्दा अर्कोतिर गए र हिँड्दै धान खाँदै, कुल्चिँदै क्षति पु¥याए । रातभरि धान खेतमै जाग्राम बसेका किसानले हात्तीको झुण्डलाई लखेटेर पुनः दुधुवा नेसनल पार्कतर्फ नै फर्काउन सफल भए पनि क्षति हुनबाट भने जोगाउन सकेनन् तर बेलैमा धपाउन नगएको भए हात्तीको झुण्डले अझ बढी नोक्सान गर्ने उनीहरूले जनाएका छन् ।

कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले जङ्गली हात्तीले गरेको क्षतिको विवरण सङ्कलन गरेर गाउँपालिका र सम्बन्धित कार्यालयमा निवेदन दिनका लागि किसानलाई आग्रह गरेको बताउनुभयो ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments