चिया कारखानाको मनपरि विरुद्ध मजदुर आन्दोलित

धनकुटा :
धनकुटामा चिया मजदुर आन्दोलित भएका छन् ।निस्कासित मजदुरको पुनर्वहाली, श्रम ऐन कार्यान्वयन तथा सरकारले निर्धारण गरेअनुसार पारिश्रमिक पाउनुपर्ने माग राख्दै चिया मजदूर आन्दालित भएका हुन् ।
चिया बगानमा ठेक्का प्रणालीबाट चिया टिप्ने कामको जिम्मेवारी दिएपछि टि स्टेट संचालकले ७० मजदूर कटौति गरेको थियो ।
त्यस्तै सरकारले गत साउन १ गतेदेखि लागू हुने गरी चिया मजदुरको साविकको दैनिक पारिश्रमिक २ सय ७८ रुपैयाँबाट बढाएर ३ सय ८५ कायम गरे पनि कार्यान्वयन नगरिएपछि आन्दोलित हुनु परेको चिया मजदुर संघका केन्द्रीय उपाध्यक्ष नारायण तितुङ्गले जानकारी दिए ।
मजदुरको आन्दोलनका कारण धनकुटाका चिया उद्योगहरु प्रभावित भएका छन् ।धनकुटामा गुराँसे टि स्टेट, जुन चियाबारी तथा नारायणी चिया कारखाना संचालनमा छन् ।
1 thought on “चिया कारखानाको मनपरि विरुद्ध मजदुर आन्दोलित”