जापानद्वारा नेपाललाई चामल सहयोग

काठमाडौं – जापान सरकारले नेपाल खाद्य संस्थानलाई ३२ करोड ४८ लाख बराबरको चामल सहयोग उपलब्ध गराएको छ। दुर्गम जिल्लाका विपन्न वर्गलाई खाद्य अभाव हुन नदिन सन् २०१६ मा भएको सम्झौता कार्यक्रमअन्तर्गत सो सहयोग प्राप्त भएको हो।

सोमबार आयोजित चामल हस्तान्तरण कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई चामल हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा सचिव घिमिरेले खाद्य समस्या हुने देशका विभिन्न दुर्गम जिल्लामा चामल व्यवस्थित तरिकाले वितरण गरिने बताए। राजदूत साइगोले नेपालको कृषि, पर्यटनलगायत क्षेत्रको विकासमा सहयोग पुर्याउने नीति रहेको बताए।

खाद्य संस्थानका अध्यक्ष नवराज ढकाल र महाप्रबन्धक योगेन्द्र गौचनले खाद्य उत्पादनमा समस्या रहेका हुम्ला, जुम्ला, डोल्पा, मुगुलगायत हिमाली जिल्लाका गरिब जनताको सहयोगका लागि जापान सरकारले विगतमा पनि विभिन्न प्रकारका सहयोग उपलब्ध गराउँदै आएको जानकारी गराए।

(रासस)
nagariknews.nagariknetwork.com

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments