अण्डाको मूल्य बढ्यो

चितवन, भदौ ३१ गते । अण्डाको मूल्य बढ्न थालेपछि कृषकलाई राहत मिलेको छ । एक वर्षयता अण्डाको मूल्य बढ्न सकेको थिएन ।

नेपाल अण्डा उत्पादक सङ्घका अनुसार फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु तीन सय तथा मध्यमखालको अण्डा प्रतिक्रेट रु २४० मा बिक्री हुन थालेको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु २६० र मध्यमको रु १८० रहेको सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिनुभयो । “उत्पादन लागत नोक्सानीमा थियो,” उहाँले भन्नुभयो ।

किसानको उत्पादन लागत मूल्य प्रतिगोटा रु नौ पर्छ । हालको मूल्यमा ठूलो अण्डाले लागत मूल्य धानेको छ भने मध्यम अण्डाले मूल्य धान्न नसकेको कँडेलले बताउनुभयो । डेढ वर्ष अघि अण्डाको मूल्य प्रतिक्रेट रु ३६० सम्म पुगेको थियो । क्रमशः घट्दै आएर लागत मूल्य नधान्ने अवस्थामा पुगेको हो । सङ्घका सचिव मदन पोखरेल बजारमा माग बढेसँगै अण्डाको मूल्य बढेको बताउनुहुन्छ । चाडपर्व शुरु हुनु, पर्यटकको आगमन बिस्तारै बढ्दै जानु, स्कूल र कलेज सञ्चालनमा आउनु, पहाडी भेगका सडकमा गाडी चल्न थाल्नु लगायतका कारण बजारमा अण्डाको माग बढेको उहाँको भनाइ छ ।

किसानले कम मूल्य पाए पनि बजारमूल्य भने अण्डाको प्रतिगोटा रु १४ छ । कृषकबाट उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिशन खुवाउनुपर्ने भएकाले किसानले अण्डाको उचित मूल्य पाउन नसकेका हुन् । नेपालमा दैनिक ३५ लाख अण्डा उत्पादन हुन्छ । यस पेशाबाट प्रत्यक्ष रूपमा एक लाख ७५ हजार व्यक्तिले रोजगारी पाएका छन् । दुई हजारभन्दा बढी किसान लेयर्स कुखुरापालनमा संलग्न छन् । देशमा पोल्ट्री क्षेत्रमा भएको लगानीको आधा हिस्सा लेयर्समा रहेको अध्यक्ष कँडेल बताउनुहुन्छ । पोल्ट्री क्षेत्रमा रु ७० अर्बभन्दा बढी लगानी रहेको छ । आधाभन्दा बढीमा बैंकिङ क्षेत्रको ऋण लगानी छ ।

बिचौलिया प्रभाव घटाएर कृषक र उपभोक्तालाई लाभ पुग्ने गरी मूल्य निर्धारण गर्नुपर्ने किसानको माग छ ।

(रासस)
gorkhapatraonline.com

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

3 thoughts on “अण्डाको मूल्य बढ्यो

  1. Pingback: Web Hosting

Leave a Reply

Your email address will not be published. Required fields are marked *