दशैंमा २ हजार खसीबोका बेच्ने यस्तो छ खाद्य संस्थानको तयारी

काठमाडौं–नेपाल खाद्य संस्थान दशैको तयारीमा जुटेको छ । यस पटक खाद्य संस्थानले १ हजार खसीबोका र १ हजार च्यांग्रा काठमाडौं उपत्यका भित्र्याउने भएको छ । संस्थान सोको लागि जनशक्ति व्यवस्थापनमा जुटेको छ ।

खाद्य संस्थानका सूचना अधिकारी शंकर सापकोटाले सरकारले कालोबजारी रोक्न खसी तथा बोका राजधानी भित्र्याउने गरेको बताए । यद्यपी अघिल्लो पटक भन्दा यो पटक कम खसीबोका ल्याउन लागेको उनले बताए ।

उनका अनुसार अघिल्लो वर्ष २५ सय खसीबोका ल्याइएको थियो ।

उनले काठमाडौं उपत्यकामा ५०/ ६० हजार खसीबोकाको माग भएपनि सरकारले सुपथ मूल्यमा सर्वसाधारणलाई खसीबोका उपलब्ध गराउने र सोही मूल्यलाई निजी क्षेत्रले पनि पछ्याउने तर्क गरे । यसले कालोबजारी रोक्न मद्यत गर्ने सापकोटाको भनाई छ ।

संस्थानले मुस्ताङबाट १ हजार च्याङ्ग्रा ल्याउने छ भने दाङ र मकवानपुरबाट एक हजार वटा खसी बोका ल्याउने छ । अहिले खसीबोका ल्याएर राख्ने ठाउँ नभएकाले घटस्थापनादेखि मात्र ल्याउने सापकोटाले बताए । उनका अनुसार मुस्ताङबाट च्यांग्रा ल्याउन सात दिन लाग्नेछ ।

संस्थानले खसी र च्यांग्रा खरिद गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति निर्माण गरिसकेको छ। सोही समितिले मूल्य निर्धारण गरेर खसी किन्ने बताइएको छ । सप्तमीसम्म सुपथ मूल्यका खसीबोका सर्वसाधारणले किन्न पाउने सापकोटाले जनाए ।

सरकारले बिक्रि गर्ने खसी बोकाको मूल्यलाई देखेर सर्वसाधारणले खसीबोकाको मूल्य थाहा पाउने र यसले मूल्यबृद्धि नियन्त्रण गर्ने उनको दाबी छ । उनका अनुसार मूल्य बृद्धि नियन्त्रण गर्ने सरकारको यो सांकेतिक प्रयास हो ।

सुपथ मूल्य पसल असोजको दोस्रो साता
सरकारले हरेक वर्ष जस्तै यसपटक पनि दशैलाई लक्षित गरेर सुपथ मूल्य पसल राख्ने भएको छ ।

असोज दोस्रो सातादेखि नेपाल खाद्य संस्थान र साल्ट ट्रेडिङले सुपथ मूल्यको पसल राख्नेछन् । खाद्य संस्थानले चामल, फापर लगायतका खाद्य सामाग्रीको सुपथ मूल्यको पसल राख्नेछ ।

यता साल्ट ट्रेडिङले पनि असोज दोस्रो साताबाटै सुपथ मूल्यको पसल राख्नेछ ।

साल्ट ट्रेडिङले नुन, चिनी, चामल, दाल, तेल लगायतको खाद्य सामाग्री सरकारले तोकेको मूल्यमा बिक्रि गर्नेछ ।

साल्ट ट्रेडिङले उपत्यकाका १० ठाउँमा यस्तो पसल राख्ने साल्ट ट्रेडिङका ब्रजेश झाले बताए । खाद्य सामाग्रीको मूल्य भने तोक्न बाँकी नै छ ।

ratopati.com

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments