अर्गानिक खाना अर्थात कागुनो !

विश्‍वका प्राचीनतम अन्नबालीहरूमध्ये कागुनो (Foxtail millet: Setaria italica (L.) Beauv) पनि एक हो। नेपालको पहाडी क्षेत्रमा खेती गरिने यो बाली कोदोबालीअन्तर्गत पर्दछ। फ्याउराका पुच्छरजस्ता बाला हुने भएकोले अङ्ग्रेजीमा यसलाई फक्स्टेल मिलेट (Foxtail millet) भनिन्छ।

नेपालका रामेछाप, गोरखा, लमजुङ, डोल्पा, जुम्ला, हुम्ला, मुगु, कालिकोट, बाजुरा र बझाङ जि ल्लाहरूका असिञ्‍चित, कमसल, सीमान्त वा रूखो जग्गामा यसको खेती गर्ने गरेको पाइन्छ। नेपालमा कागुनोको औसत उत्पादन ८१५ के जी प्रति हेक्टर छ। पोषणका दृष्टिले प्रोटिन, चिल्लो पदार्थ र खनिज पदार्थका आधारमा धान र गहुँ भन्दा कागुनोलार्इ श्रेष्ठतर मानिन्छ।

कागुनो प्रायस् फागुनमा मकैसँगै छरिने छिटो पाक्ने अन्न हो । यसलाई धानजस्तै सुकाएर ढिकीमा कुटी चामल निकालेर भात खाइन्छ । ग्लुटोनरहित प्रोटिन, आइरन तथा क्याल्सियमजस्ता खनिज पदार्थका लागि कागुनोलाई दैनिक खानामा समावेश गर्न सकिन्छ ।

विशेषताकागुनोमा ठोस फाइबर हुने हुँदा पाचन क्रिया सहज हुन्छ । मधुमेह अथवा सुगरका रोगीहरूका लागि सेतो चामलको साटो कागुनो बढी स्वस्थकर मानिन्छ ।

रक्तचाप नियन्त्रणमा पनि यसको महत्वपूर्ण योगदान हुन्छ जसका कारण हृदयाघातको जोखिम कम हुन्छ । यसमा एन्टिअक्सिडेन्टको मात्रा बढी पाइन्छ ।चिनोकागुनोजस्तै यो पनि ग्लुटोनरहित खाद्यपदार्थ हो जसमा निकै मात्रामा कार्बोहाइड्रेट, प्रोटिन, निएसिन (भिटामिन बी ३) तथा एसिडजस्ता खनिज पाइन्छ ।

नेपालमा हालसम्म कागुनो बालीको खासै अनुसन्धान नभएकाले कुनै पनि उन्नत जातहरू सिफारिस गरिएका छैनन् । नेपालमा खेती गरिने
कागुनोका स्थानीय जातहरू कालो कागुनो, सेतो कागुनो, रातो कागुनो,पहेंलो कागुनो, खैरो कागुनो, सानो कागुनो, ठूलो कागुनो आदि नामले
चिनिन्छन् । जीनबैंकमा संरक्षित बिभिन्न जिल्लाका ३० किसिमका कागुनोका नमूनाहरू अनुसन्धान गर्दा पाक्ने अवधि, बोटको उचाइ, बालाको साइज,पात र दानाको रङ, झुस र टुँडोका आधारमा विविधता पाइन्छ ।

http://krishipatrika.com/2018/02/79422

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?