संक्रमितलाई बाख्रा

दैलेख — आठबीस नगरपालिकाका एचआईभी संक्रमितको जीविकोपार्जनमा सहयोग पुर्‍याउन बाख्रा वितरण गरिएको छ । नगरका १७ संक्रमितलाई चार वटाका दरले बाख्रा वितरण गरिएको हो ।

नगरपालिकाको वडा नं. ३, ६ र ८ तथा सोसेक दैलेखले विपन्न एचआईभी संक्रमितका लागि बाख्रा वितरण गरेको हो । संक्रमितको जीविकोपार्जनमा सहयोग पुर्‍याउन ६८ बाख्रा वितरण गरिएको कृषि प्राविधिक प्रेमा रोकायले बताइन् ।

वडा नं. ६ का ११, वडा नं. ८ का ४ र वडा नं. ३ का २ संक्रमितलाई बाख्रा वितरण गरिएको उनले जानकारी दिइन् । उनका अनुसार वितरण गरिएका बाख्राको २० हजारका दरले बिमा गरिएको छ । एचआईभी संक्रमित संघर्ष समितिकी अध्यक्ष नानीदेवी शाहीले बाख्रापालनमार्फत आत्मनिर्भर बन्न सहयोग पुग्ने बताइन् ।

उनले लामो समयदेखि आफूहरू आर्थिक समस्यामा भएकाले बाख्रापालनले ठूलो सहयोग पुग्ने जनाइन् । पोषणयुक्त खानाको कमीले संक्रमितको स्वास्थ्य कमजोर बन्दै गएको उनको गुनासो छ ।

नगरप्रमुख खड्गराज उपाध्यायले बाख्रा वितरणले संक्रमितलाई घरखर्च चलाउन र औषधि उपचार गर्न सहयोग पुग्ने बताए । उनले बाख्राको संख्या थपेर संक्रमितलाई व्यावसायिक बन्न मद्दत
पुगेको जनाए ।

कार्यक्रममा चार संक्रमितलाई खुद्रा पसल र एक संक्रमितलाई चिया पसल सञ्चालनका लागि सामग्री प्रदान गरिएको छ । उनीहरूलाई ३४ हजार रुपैयाँका दरले सामग्री वितरण गरिएको हो ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments