महिलाले हलो जोत्नु हुदैन भन्ने परम्परालाई चिर्दै शान्ती बोहरा पुजार

बझाङ जिल्लामा फेरी अर्काे एक महिलाले हलो जोत्न सुरु गरेकी छन् । महिलाले हलो जोत्दा अनिष्ट हुन्छ, भन्ने परम्परा बझाङमा कायमे छ । तर पनि बझाङकी एक महिलाले भने समाजका अन्धकारलाई चिर्दै आफै हलो जोत्न सुरु गरेकी छन् ।

नेपाल महिला संघकी जिल्ला अध्यक्ष शान्ती बोहरा पुजारले आफ्नै खेतबारीमा हलो जोतेकी हुन् । केहि दिन अघि सुर्मा गाँउपालीकामा आयोजना भएको जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता चलेको समयमा पुजारले हलो जातेकी हुन् । आफु माईती घर सुर्मा गाँउपालिका वडा नम्बर १ लकुण्ड गएको समयमा सबै नजिकै भएको विरिजात मेलाको अवसरमा राखिएको क्रिकेट प्रतियोगिता हेर्न गएका थिए । गाँउका सबैले आलु लगाउनका लागि बाँझो खेत जोतिसकेको र आफ्नो माईतीको मात्रै बाँकी रहेको घरमा हलो जोत्न सक्ने काहि पनि नभएका कारण आफुले हलो जोतेको पुजारले बताइन् ।

पुजारका आफ्ना दुई भाईहरु छन् । जसमा एक जना शिक्षक र अर्का एक जना नेपाल आर्मीको लेफ्टिनेन्ट भएका छन् । ‘ेतबारीमा काम गर्न अरुको सहयाता लिनुपर्ने बाध्यता उनको माईतीघरमा छ । ‘म माईतीघर गएको समयमा हलो जोत्ने काम मैले गर्छु’ पुजारले भनिन् । ‘२०४४ सालमा बुबा नरपती बोहराको निधनपछि घरको कामको जिम्मा मेरो काँधमा आएको थियो । मैले २०४५/४६ सालतिर हलो जोत्न सुरु गरेकी थिए’ पुजारले भनिन् ।

‘पछि भाईहरु ठुला भएपछि मैले हलो जोत्ने काम छोडेकी हुँ । त्यसपछि मेरो विहे पनि भयो । विहेपछि पनि मैले हलो जोत्ने काम गरिन, किनभने काम गर्ने भाई आफन्तहरु छदै थिए । मैले त्यती काम गर्न परेको थिएन । कहिले काँही मात्रै भाईहरु थाकेको समयमा र उनिहरुले आराम गर्ने समयमा मैले हलो जोतिदिन्थे । त्यो दिन पनि घरमा भएका बुहारीहरु पनि हलो जोत्ने मान्छे नभएपछि आलु रोप्नका लागि बाँझो छोडेको जमिन बाउसेले खन्दै थिए । पछि म गएर हलो जोतेकै हुँ’ पुजारले भनिन् ।

उनले थपिन्, ‘भयो हाम्रो समाजमा महिलाले हलो जोत्दा अनिकाल लाग्ने, घरमा नराम्रो हुने भन्ने अन्धविश्वास अझैं पनि छ । तर मेरो परिवारका कुनै पनि ब्यक्तिहरुले त्यस्तो मान्दैनन् । मलाई हलो जोत्न दिन्छन् । बुबाले पनि मलाई सानैमा केटा मान्छेले गर्ने काम बढी सिकाउनुहुन्थ्यो । हलो बनाउन, फाली, गाड्न सबै काम मलाई आउँछ ।’

गलत सामाजिक मान्यता र कुसंस्कारका कारण महिलाहरु धेरै पीडामा रहेको पुजारको भनाई छ । महिलाहरुले हलो जोत्दा अनिष्ट हुन्छ, भन्ने मान्यता अहिले पनि कायमै रहेको समाजले कोहिले प्रसंसा गरेका छन्, भने बुढापाकाले खोईरो समेत खेनेको पुजारा बताउँछन् ।

उनले भनिन ‘पुरुष घरमा नभएका महिलाहरुले आफन्तलाई हार गुहार गरेर हलो जोतिमाग्नु पर्ने बाध्यता अहिले पनि बझाङका धेरै महिलाहरुको छ । हलो जोतिदिएकै भरमा पुरुष घरमा नभएका महिलाहरुले विभिन्न खालका यौन जन्य हिंसा र थिचोमिचो सहनुपरेको छ । अब मैले मात्र होईन, यहाँका सबै महिलाहरुले हलो जोत्न सक्नुपर्छ ।’

पुजार नेपाल महिला संघकी जिल्ला अध्यक्ष तथा नेपाली काँग्रेश जिल्ला कार्यसमिति बझाङकी सदस्य हुन् । प्ुजारा एकल महिला पनि हुन् ।

बझाङका एकल महिलाहरुले अरुको भरमा नै खेती पाती गर्नु पर्ने बाध्यता रहेको बताउने पुजारले अब एकल महिलाहरुले पनि हलो जोत्न तम्सिनु पर्ने र यस बाट कुनै क्षति भए त्यसको जिम्मेवारी आफु लिन तयार रहेको उनको भनाई छ ।

www.news24nepal.tv

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments