कर्णाली प्रदेश सरकारको ध्यान भेडाबाख्रा पालनमा

कर्णाली प्रदेश सरकारले यतिबेला आफ्नो यात्रा साविक कर्णालीको मुकाम जुम्लामा गरेको छ । सुर्खेतदेखि जुम्लासम्मको कर्णाली राजमार्गअन्तर्गत दैलेख कालिकोट हुँदै जुम्लामा विकास सम्भावनाका विभिन्न क्षेत्र र स्थानमा बहस छलफल तथा अन्तत्र्रिmया गरेको छ ।
यसै सिलसिलामा यहाँको आयआर्जनको प्रचुर सम्भावना रहेको भेडापालन क्षेत्रमा समेत चासो लिएको हो । सोही सिलसिलामा कर्णाली प्रदेशका मुख्यमन्त्री शाही, आन्तरिक मामिला तथा कानुन (गृहमन्त्री) नरेश भण्डारी र भौतिक पूर्वाधार तथा निर्माण मन्त्री खडक खत्रीसहित स्थानीय गाउँपालिकाको टोलीले एक रात गुठीचौर भेडा फाराममा बिताएको हो ।
जुम्ला सदरमुकामदेखि हिँडेर करिब एक दिन लाग्ने गुठीचौरमा यहाँको भेडाबाख्राको अनुसन्धानका लागि स्थापना गरिएको भेडाबाख्रा अनुसन्धान केन्द्रमा मन्त्रीह खाद्य को बास भएपछि गुठीचौरको विकास सम्भावनालाई उठाउन प्रदेश सरकारले समेत चासो लिएको अनुमान गर्न सकिन्छ । यहाँको हिमाली क्षेत्रमा भेडापालनमा निकै सम्भावनाको क्षेत्र भएकाले भेडाबाख्र्र्रा अनुसन्धान केन्द्रलाई विशेष जोड दिनुपर्ने निर्देशन गरिएको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कृषि, पर्यटन क्षेत्रको उर्वरभूमि कर्णाली यसमा पनि गुठीचौर सम्भावनाको क्षेत्र भएको बताउनुभयो । उहाँले स्थानीय सरकारले कृषि र पर्यटनको हब बनाउनुपर्ने बताउनुभयो ।
यसैगरी, भेडाबाख्रा केन्द्रले आवश्यक पूर्वाधारको विषयमा समेत लगानी आवश्यक रहेको विषयमा प्रदेश सरकारलाई अनुसन्धान केन्द्रले अनुरोध गरेको छ । यस क्षेत्रको प्रमुख आयस्रोत भेडापालन भए पनि कम हुँदै गएको छ । अब भने वृद्धि गर्नुपर्ने स्थानीय सरकार र प्रदेश सरकारले चासो लिएको छ ।
मुख्यमन्त्री शाहीसहित मन्त्रीहरूको टोलीले भेडाबाख्रा पालनको अवस्था, सम्भावना र चुनौतीको विषयमा अवलोकन अध्ययन भएको मुुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिनुभयो । प्रदेश सरकारले गुठीचौरको पर्यटक प्रवद्र्धन गर्नका लागि रु. एक करोड र गुठीचौर गाउँपालिकाले पर्यटकीय तथा कृषि सम्भावनाका लागि रु. ५० लाख विनियोजन गरी काम भइरहेको छ । भेडापालन अनुसन्धान केन्द्र गुठीचौरमा न्युजिल्यान्डसहित विभिन्न देशबाट समेत महँगा भेडा ल्याएर यहाँको जातसँग क्रस गरेर वृद्धि गर्ने काम भइरहेको छ ।
यसैगरी, गुठीचौरको चौतर्फी विकासको सम्भाव्यता अवलोकन समेत भएको छ । गुठीचौर उपत्यकालाई ताल बाँधेर बृहत् बहुउद्देश्यीय जलविद्युत् परियोजना निर्माण, कृषि, पर्यटन र त्यहाँबाट ढोरपाटन जोड्न सकिने राजमार्गका लागि सम्भावना भएको विषयमा यहाँको गुठीचौर गाउँपालिकाले अवलोकन गराएको छ । यहाँको विकासमा भने प्रदेश सरकारले सेतुको रूपमा काम गर्ने भएको छ ।

www.gorkhapatraonline.com

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments