दशैं : जुम्लामा इटालियन स्याउको माग बढ्यो

जुम्ला– चन्दननाथ नगगरपालिका १० का टंक देबकोटा इटालियन जातको फुजी स्याउ बेच्न व्यस्त छन। एकाविहानै स्याउ बगैँचामा पुग्छन्, स्याउ टिप्छन्, बगैचामै स्याउ किन्न आउनेलाई बेच्दछन्, यो उनको दैनिकी हो। दसैँसम्म जुम्लाको स्याउ निर्यात भईसक्ने भएकोले यो स्याउको माग दशैँमा बढेको हो। “यो समयमा इटालियन जातको स्याउ टिप्न र रेखदेखमै समय वितेको पत्तो हुँदैन्, प्रति केजी स्याउको डेढ् सय रुपैया बगैँचामै बचेको अनुभव सुनाउँछन् टंक। दशैं ढिलो परेकोले स्याउ पाक्ने सिजनसंग मेल खाएको किसान बताउँछन। त्यहि भएर इटालियन स्याउको माग दसंँैमा बढेको उनले बताए।

पातारासी गाउँपालिका बाता गाउँकी सर्मिला महतारा स्याउको ग्रेडिङ, प्याकेजिङ र लेवलिङ गर्न ठिक्क छन्। बगैँचामा गोल्डेन र रेड डेलिसियस जातको स्याउ लगाइएको छ। पहिलो पटक स्याउको परिक्षण भएकोले स्याउको विरुवा हेर्न र स्वाद लिनकै लागि ओहोरदोहोर निकै बढेको छ। चन्दननाथ भैरबनाथ गुठि संस्थानको जग्गा लिजमा लिएर इटालियन जातको स्याउ लगाइएको छ। यो स्याउमा चिनीको मात्रा धेरै भएको र आकार प्रकारले निकै राम्रो मानिदै आएको छ।

अहिले इटालियन जातको गोल्डेन भन्दा पनि रेड डेलिसियस जातको स्याउको माग बढी छ। जुम्लामा फल्ने स्याउ न्युनतम ३ देखि ५ वर्ष सम्म फल दिन शुरु गर्छ,” उनले थपे, “तर इटालियन स्याउ लगाएको ६ महिनामै फल दिन शुरु गरिहाल्छ्। इटालीमा उत्पादन भएको गोल्डेन र फुजी स्याउको दई हजार सात सय बिरुवा जुम्लाको चन्दननाथ मन्दिरको सेरा ज्युलामा ६ महिनाअघि रोपिएको थियो। ज्युलोमा रोपिएको अधिकांश विरुवाले फल दिइसकेका छन। सेरा ज्युलाको २० हजार वर्गमिटर मध्ये १० हजार वर्गमिटरमा जुम्ला एग्रो फर्मले १ हजार ७ सय स्याउका विरुवा रोपेको थियो। यस्तै हाम्रो सहकारी संस्थाले ८ सय विरुवा रोपेकोे जुम्ला एग्रो फर्मका प्रोपाईटर लोेकदर्शन श्रेष्ठले जानकारी दिए। प्रति बिरुवाको जुम्ला ल्याई पु¥याउन न्युनतम एक हजार ४ सयदेखि अधिकतम १ हजार ५ सय मूल्य परेको छ। २ हजार ७ सय बिरुवा रोप्नका लागि ४० लाख ५० हजार रुपैयाँ लगानी भईसकेको किसानहरु वताउँछन्।

इटालियन स्याउ किसान सुशिल देवकोटा आफूले ६ महिनामा फल्छ होला भनेर नसोचेको बताए। तर चाडै फल दिन थालेपछि उत्साहित भएको अनुभव पोखे। उनले भने, “यो वर्ष दसैँ नजिकमा स्याउको पाक्ने समय भएकोले किनबेच गर्न खासै समस्या भएन। फुजी स्याउको महत्व र फुजी स्याउ खेति गर्दा हुने फाइदाका विषयमा किसानलाई सहजीकरण गर्ने कार्यक्रम तय भइसकेको छ।”

यो स्याउ बिरुवाको २७ वर्ष आयु हुने र ४ वर्षपछि एक बोटमा ४२ किलो स्याउ फल्ने उनीहरु बताउँछन। यसअघि मनाङमा मनाङ एग्रोले रोपेर परीक्षण गरेको यो स्याउ निकै मिठो र महंगो मानिन्छ। स्थानीय स्याउको बिरुवा रोपेको ३ देखि ५ वर्षपछि फल्ने र धेरै दुःख गर्नुपर्ने भए पनि इटालियन स्याउको उत्पादन चाँडै हुने देखिए पछि किसानमा उत्साह सृजना भएको छ।

किसान देवकोटाले भने, “अब फुजी स्याउको विरुवा जुम्लामै उमारेर प्रत्येक किसानको घरदैलोमा पुरयाउने लक्ष राखेका छौं।” यो स्याउ जुम्लाको स्याउ जस्तो आकार प्रकार भएपनि स्वादमा वढि गुलियो पना देखिएको उनीहरुले बताएका छन्। पछिल्लो समयमा यहाँको ग्रामिण भेगमा समेत यो स्याउ खेती हुन थालेको छ। दशैँ अवधीभर एक लाख रुपैयाको इटालियन स्याउ बिक्री भएको किसानहरु बताउँछन।

इटालियन स्याउको ग्रेडिङ गर्दै किसान ।

nagariknews.nagariknetwork.com

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?