दसैँमा टर्कीको स्वाद

जुम्ला- तातोपानी गाउँपालिका ४ का मुनबहादुर खत्रीले यो दसैँमा टर्कीको स्वाद लिए। सधै जसो दसैँमा यहाँको खसीवोका किन्दै आएका उनले यो पटक टर्की किने। यसको मासु सेतो हुने र स्वास्थ्यका लागि फाइदाजनक हुने भएकोले टर्की रोजाईमा परेको उनले बताए। उनले भने, “दसैँमा बिकल्पका रुपमा टर्की आईसकेको हुनाले परिवारको सल्लाह बमोजिम टर्की किनेर लगेको हुँ।”

तत्कालिन ताम्तीका सुरतवहादुर शाही टर्की किन्न एकाविहानै मालाभिड पुगेँ। पहिले खसीवोका किन्न बजारका क्षेत्रमा धाउने उनी विहानै टर्की किन्न पुगे। उनले भने, “खसीवोकाको रातो मासु स्वास्थ्यका लागि हानिकारक भएकोले सेतो मासुको लागि टर्की खरिद गर्न लागेका छौँ, यो पहिलो पटक जुम्लामा व्यवसायीक पालन शुरु भएकोले मासुका लागि उत्तम छ।

चन्दननाथ नगरपालिका ४ मालाभिडका टर्कीपालक व्यवसायी नारायण चौलागाईलाई यो समयमा निकै व्यस्त छन्। दुई महिना अघिसम्म निकै फुर्सदिला देखिने चौलागाई अहिले व्यवसायीक टर्की पालनमा लागेपछि निकै व्यस्त छन्। झन् यो दसैँमा टर्कीको माग बढ्न थालेको प्रति खुसी हुँदै टर्की व्यवसायमा उत्साह मिलेको बताउँछन। गत बैशाख महिनामा एक सय वटा टर्की पालेका उनको फर्ममा अहिले २५ वटा टर्की मात्रै बचेको छ। उनले भने, “पछिल्लो समयमा टर्कीको मासु प्रयोग गर्नेको संख्या बढेको छ। दसै शुरु भएदेखि ८(दश वटा टर्की विक्री भयो। पोथी टर्की ५ देखि ७ केजी सम्मका थिए। भाले ७ देखि साढे ९ केजी सम्मको केजी थिए। उनले भाइटिकासम्म यहाँको टर्की नरहने बताए।

जुम्लामा पहिलो पटक टर्की पालन गरेकोले यसको मासुको प्रयोग बढेको छ। सदरमुकाम खलंगामा फ्रेस हाउस चलाएर खोल्न सकेको भए धेरै अझ विक्न सक्थ्यो। टर्कीको मासु जुम्लामा प्रतिकेजी एक हजार रुपैयाँमा विक्री हुँदै आइरहेको छ। भोजभतेरमा बढी बिक्ने गरेको अनुभव नारायण चौलागाईको छ।

टर्कीको वैज्ञानिक नाम मेलिग्रीस ग्यालोपाभा हो। टर्कीलाई गरम तथा ठण्डा हावापानीमा पनि पाल्न सकिन्छ। टर्कीलाई प्रायः मासुको लागि पालिन्छ तर यिनीहरू ढिलो बढ्ने तथा बढी आहारा खाने भएकाले त्यति लोकप्रिय हुन सकेको छैन। नेपालमा कृषि अनुसन्धान परिषद अन्तर्गत परवानी फार्ममा टर्की सम्बन्धी अध्ययन अनुसन्धान गरिन्छ। पोथी करिब ११ किलो र भाले सो भन्दा ठुलो वजनको हुन्छ।

टर्किलाई कुखुरा जस्तै पालन गरिन्छ। टर्कीलाई प्राय १५–२० हप्तासम्म पालेर बिक्री गरिन्छ। १२ हप्ताको उमेरमा टर्कीको तौल करिब पाँच किलो पुग्दछ र २० हप्ताको उमेरमा यिनीहरू १५ किलोसम्म पुग्दछन्। करिब १० महिना उमेरको टर्कीलाई वयस्क मानिन्छ। वयस्क भएकी पोथी टर्कीलाई चाँडो अण्डा पार्ने गराउन कृत्रिम प्रकाशको व्यवस्था गर्नु पर्दछ। प्रजननको लागि टर्की पाल्दा एक भालेमा ५ वटा जति पोथी राख्नु पर्दछ। टर्कीले प्रायः गर्मी मौसममा अण्डा पार्दछन्। अण्डाको प्रजनन क्षमता थोरै हुन्छ। टर्कीबाट चल्ला पाउन प्राय कृत्रिम गर्भाधान गरिन्छ। एक वर्षमा करिब ८०–१२० वटा फुल पार्दछ। अण्डा करिब ८५ ग्रामको हुन्छ। अण्डा सेतो रङ्ग तथा खैरो छिर्काबिर्का परेको हुन्छ।

nagariknews.nagariknetwork.com

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments