माछाको बिक्रीमा सुधार

चितवन, चाडपर्वमा सुस्ताएको माछाको व्यापार वृद्धि हुन थालेको छ । चाडपर्वमा खसीको मासु नै खानु पर्दछ भन्ने सोचाइले गर्दा स्वास्थ्यलाई लाभकर माछा खानेको सङ्ख्या बढ्न नसकेको व्यवसायीले बताएका छन् ।

दशैँमा न्यून कारोबार भएको चितवनमा विस्तारै वृद्धि भएको नेपाल मत्स्य व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले बताउनुभयो । खसीको मासु दिँदा स्वागत सत्कार हुन्छ भन्ने मान्यताले गर्दा माछाको बिक्री बढेन, उहाँले भन्नुभयो, चिसोको मौसम आउने र ठूलो चाड सकिन थालेपछि माछा बिक्री बढेको छ । मानिसको स्वास्थ्यका लागि खसीको मासुभन्दा माछा, कुखुराको मासु स्वस्थकर हुने चिकित्सकको भनाइ छ ।

अध्यक्ष अधिकारीले भन्नुभयो, जिउँदो माछा खानु पर्दछ भन्ने बानीको विकासले गर्दा विस्तारै बिक्री बढेको हो । दशैँभन्दा अहिले आफ्नो पसलबाट मात्रै दस प्रतिशतले बिक्री बढेको छ । चितवनमा जिउँदो माछा बिक्री गर्ने पसल दर्जनौँ छन् ।

माछा खानु पर्दछ नेपालमा नै उत्पादन भएको माछा स्वस्थकर हुन्छ भन्ने विश्वास थियो, धेरै मिहिनेत र उपभोक्तामा माछा खाने बानी बस्न थालेपछि बिक्री बढेको उहाँले बताउनुभयो । माछा बिक्री हुने सिजन अब शुरु हुन थालेको छ । जाडोमा माछा खानु पर्दछ भन्ने मान्यता धेरैले राख्ने हुनाले चिसो मौसम शुरु भएपछि यसको बिक्री बढ्ने गरेको उहाँले बताउनुभयो ।

चितवनको सन्दर्भमा अहिले भारतीय माछाको बिक्री पाँच प्रतिशतमा झरेको छ । मत्स्य व्यवसायीका अनुसार भारतबाट आउने फर्मालिन हालेको माछा सस्तोमा पाइने भएपछि स्वदेशमा उत्पादन भएको माछाले बजार नपाउने गरेको थियो तर अहिले भारतीय माछा स्वस्थकर हँुदैन, नेपालमै उत्पादन भएको माछा उपयुक्त हुन्छ भन्ने मान्यताको विकास भएको कारण अहिले जिल्लाको माछाले बजार पाएको नेपाल मत्स्य व्यवसायी सङ्घ चितवनले जानकारी दिएको छ ।
चितवनको माछा राजधानी काठमाडौँसहित विभिन्न जिल्लामा जाने गरेको सङ्घले जनाएको छ । माछाको सबैभन्दा ठूलो बजार राजधानी काठमाडौँ भएको सङ्घका केन्द्रीय अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । बजारमा उपभोक्ताको माग एक केजीका माछा रहेको छ । ठूला माछा बिक्री हुन समस्या हुने भएकाले किसानले माछा उत्पादन गर्दा उपभोक्ताको रोजाइलाई ध्यानमा राखे नेपाली माछाको बजार धेरै राम्रो भएर गएको उहाँले बताउनुभयो ।

सङ्घका अनुसार राजधानी काठमाडौँमा अन्य माछा दैनिक दुई क्विन्टल र छडी माछा दैनिक चार क्विन्टल उपत्यकाबाहिरबाट जाने गरेको छ । उपत्यकाको माग अनुसार पु¥याउन नसकेको सङ्घले जनाएको छ । माछा खानका लागि सबै मौसम उपयुक्त भए पनि जाडो मौसम उपभोक्ताको रोजाइ हुने भएकोले यही समयमा निकाल्ने गरी किसानले पालन गर्ने गरेको व्यवसायीको भनाइ छ ।गोरखापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?