कुखुराले रातो सुली छेर्ने (Coccidiosis) रोगको समस्या र समाधान

कुखुरामा लाग्ने विभिन्न परजिविजन्य रोग मध्ये कक्सीडियोसीस् (रातो छेर्ने) एक हानिकारक रोग हो । यो रोग आइमेरिया (Eimeria) नामको परजिवीले गर्दा लाग्ने गर्दछ । आइमेरिया विभिन्न प्रजातिहरु हुन्छन् र यिनिहरुको असर र लक्षण भिन्न–भिन्न हुन्छन् । यो रोग विश्वव्यापि फैलिएको पाइन्छ । आन्द्रामा लाग्ने यो रोग सबै प्रकारका कुखुराहरुमा देखिन्छ । खुलै छाडेर पालिने लोकल कुखुराहरु र भुस विच्छायर पालिने (Deep Litter System)

खोरहरुमा यो रोगको प्रकोप धेरै देखिन्छ भने केज प्रणाली (Cage System) मा यो रोग देखिदैन । यो रोग सबै उमेरका कुखुराहरुमा देखिन्छ तर ३ हप्ताभन्दा साना चल्लाहरुमा र उमेर धेरै भएका लेयर्स तथा प्यारेन्टमा रोग प्रतिरोधि क्षमता बढि हुने हँदा असर कम देखिन्छ । विशेषगरी ३ हप्तामाथीका कुखुराहरुमा यो रोगले ठुलो क्षति पु¥याउँछ ।

कुखुरामा रातो छेर्ने (कक्सीडियोसिस) रोग लगाउने प्रोटोजोवा परजिवी आठ (८) प्रकारका हुन्छन् । आईमेरिया टेनेला यी मध्ये सबै भन्दा हानिकारक हुन्छ जसले कुखुराको आन्द्राको पछिल्लो भाग (Caeca) मा असर गर्दछ । अन्य प्रजातिहरु आइमेरिया नेकाट्रिक्स्, आइमेरिया एसरभुलिना, आइमेरिया म्याक्सीमा, आइमेरिया मिटिस, आइमेरिया प्रिकक्स्, आइमेरिया टयागेनिले सानो आन्द्राका विभिन्न भागमा र आइमेरीया टयागेनिले सानो आन्द्राको पछिल्लो भाग, सिक्का लगाएत ठुलो आन्द्राको केहि भागहरुमा असर पु¥याउँछ । यो परजिवी नाङगो आँखाले देख्न नसकिने सुक्ष्म परजीवि हो र कुखुराको सुलीमा यो परजीविका अण्डा (Oocyst) हरु भेटिन्छन् । खुलै छाडिने लोकल कुखुराहरु र भुुसा विच्छ्याएर (Deep litter system)मा पालीने ब्रोइलर तथा लेयर्सहरुमा यस परजीविको अण्डाबाट सजिलै संक्रमित हुन्छन् । परजिविले आन्द्रामा घाउ बनाउँछ, घाउबाट निस्केको रगत आन्द्रामा भरीन्छ र कुखुराले रातो छेर्छ ।

यो रोगमा रातो सुली धेरै देखिने, कहिलेकाहिँ चक्लेट रंगको सुली देखिने गर्छ । कुखुराहरु पखेटा लतारेर झोत्राउने, दाना पानी कम खाने रक्तअल्पता हुने र उपचार नगरेको खण्डमा धेरै कुखुराहरु मर्ने गर्दछन् । परजीविले आन्द्रामा घाउ बनाइदिने हुँदा उक्त घाउमा अन्य किटाणु र जिवाणुले आक्रमण गरी रोगले झनै भयावह रुप लिन सक्दछ । धेरै जसो अवस्थामा कुखुरा पालक अनुभवी कृषकहरुले यो रोग लागेको सजिलै थाहा पाउन सक्नुहुन्छ तर कहिले काँहि सुसुप्त अवस्थामा (Sub–Clinical Coccidiosis) रोग हुने हुँदा रोगको निदान गर्न गाह्रो हुन्छ । सुसुप्त अवस्थाको कक्सीडियोसीस्मा रोगका लक्षण नदेखिने, रातो सुली नभेटिने तर कुखुराले दानापानीमा क्रमिक रुपमा कम रुचि राख्ने उत्पादन कम हँुदै जाने र अन्य रोगले आक्रमण गरी कुखुरा मर्ने हुन्छ । यसले व्यवसायमा ठुलो क्षति पु¥याउँदछ । तर यो रोग लागेर उपचार गराउनु भन्दा रोग लाग्न नदिनु ठुलो बुद्धिमानी हुन्छ । कक्सीडियोसीस्को रोकथामको लागि निम्न उपायहरु ऋपनाउन सकिन्छ ।

१. कुखुराको खालीखोर भित्र एमोनियाको ०.०४४%को मिश्रण प्रयोग गर्ने ।

२. पुरानो सोत्तर हटाई खोर सफागर्ने क्रममा कडा नुनपानीले खोर सफा गर्ने ।

३. विभिन्न उमेरका कुखुरा एउटै खोरमा नपाल्ने ।

४. कुखुराको सोत्तरलाई दैनिक चलाइदिने र ओभानो राख्ने, चिसो भए फेरी दिने ।

५. रोग देखा परिहालेमा रोगि कुखुरालाई छुट्टाउने ताकि अन्य कुखुरालाई रोग नसरोस् ।

६. एक खोरदेखि अर्को खोरमा जाँदा कामदानहरु, प्राविधिक तथा डाक्टरहरुले जुत्ता चप्पल फेरेर मात्र जाने ।

७. जैविक सुरक्षा विधि अपनाउने ।

८. रोग विरुद्ध खोप दिने अहिले नेपालमा कक्सीडियोसीस् विरुद्धको खोप उपलब्ध छ । यो खोप सादा पानीमा एक दिने कुखुरालाई खुवाउने ।

९. कुखुरा दानमा कक्सीडियोसिस् विरुद्धका औषधिहरु प्रयोग गर्ने । (खोप खुवाएका कुखुराका चल्लालाई ३ हप्ता सम्म दानामा कक्सीडियोस् विरुद्ध प्रयोग गरीने औषधि मिसाउन हुँदैन् ।)

कुखुरालाई रोग लागिहालेमा निम्नअनुसार उपचार गर्नेः

१. Amprolium Powder (जस्तै Amporcox, Amprovit K, Kamprolr) प्रति २५ लि पानीमा लगातार ५ दिन खुवाउने ।

२. Sulpha group का औषधिहरु (जस्तै ESB coxy, ESB3, Super coccino आदी) १ ग्राम १ लिटर पानीको दरमा ५ दिनसम्म खुवाउने । याद राख्नुहोस, यदि औषधिमा Diaverdin मिसिएमा उपचारको क्रममा बिचमा २ दिन सादा पानी दिने ।

३. Toltrazuril (जस्तैः Tolcoxin, Vazuril आदी) १ मि. लि. पानीमा लगातार २ देखि ३ दिन खुवाउने ।

उपचार गर्दा कुन प्रजातिको आइमेरियाले रोग लगाएको हो सोहि माथि उल्लेखित औषधि मध्ये कुनै एक औषधिको प्रयोग गर्नु पर्दछ । उपचार गर्दा सधैँ पशु चिकित्सकको सल्लाहअनुसार उपचार गर्नु पर्छ । रोग छिटो निको पार्न निम्म सहायक उपचारहरु गर्न सकिन्छ ।

१. Vitamin K3 जस्तैः Kaysol fort Powder ५ ग्रामप्रति १०० कुखुरालाई दिनमा १ पटक ५ दिनसम्म पानीमा खुवाउने ।

२. Vitamin A जस्तैः Vita A, Introvit A+ खुवाउने ।

३. Electrolytes (जस्तैः Electrol C Powder, Electricare) १ ग्राम २ लि. पानीमा ५ दिनसम्म खुवाउने ।

४. Heamatinics (जस्तैः Haemoimmuno Boost) १ मि.लि. प्रति लि. पानीमा ७ दिनसम्म खुवाउने ।

कक्सीडियोसिस् अत्यन्तै हानिकारक रोग भएको हुँदा यसको रोकथाममा जोड दिनु आवश्यक छ । अहिले पेलेट दाना उत्पादन गर्ने उद्योगहरुले आफ्नो उत्पादनमा कक्सीडियोसिस् विरुद्धका औषधिहरु प्रयोग गर्दछ । आफै दाना उत्पादन गर्ने कृषकले पनि यस्ता औषधिहरु प्रयोग गर्नु, जैविक सुरक्षा अपनाई कुखुरापालन गर्नु, रोगको छिट्टै निदान गर्नु, जति सक्यो छिटो उपचार गराउनु राम्रो हुन्छ । खोपको प्रयोग लेयर्स कुखुरा र ब्रोइलर प्यारेन्टमा गर्दा रोगको क्षति अन्यन्तै न्यूनिकरण भएको पाइएको छ ।

 

 

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments