रसुवामा चौरीपालन व्यवसाय घट्यो

रसुवा – रसुवामा चौरी पाल्ने कृषक घट्दै गएका छन्। भूकम्पले क्षति पुगेको बाटो तथा खर्क पुनर्निर्माण हुन नसक्दा कृषकले चौरी पाल्न छाडेका हुन्।

भूकम्पका कारण आएको हिमपहिरोले लाङटाङका २० कृषकको ज्यान लियो। चार सयभन्दा बढी याक तथा नाक मरे। खर्क जाने बाटो पहिरोले लग्यो । केही खर्क पहिरोले पुरिए। भएका मुहान पनि सुके । तर भूकम्प गएको ४३ महिनासम्म पनि समस्या समाधान हुन नसक्दा कृषकले पेसा नै परिवर्तन गरेका छन्।

गोसाइकुण्ड गाउँपालिका–४ थाङस्यापका बाबु तामाङ होटल व्यवसायी हुन् । २०४४ सालदेखि उनले होटल सञ्चालन गरेका थिए । उनी चौरीपालक कृषक पनि हुन् । तर भूकम्पपछि उनले चौरीपालन व्यवसाय नै छाडे । ‘भूकम्पले सबै चौरी मरेपछि मनै मर्यो,’ उनले भने, ‘अब होटल मात्रै चलाउँछु।’

पहिले कृषि तथा पशुपालन व्यवसायमा संलग्न भएका कृषकले अहिले होटल व्यवसाय सुरु गरेका क्यान्जिनका कर्मा तामाङले बताए। ‘भूकम्पभन्दा अघि यहाँका मानिसले चौरी पाल्ने तथा तरकारी खेती गर्थे,’ उनले भने, ‘अहिले एक घर एक होटल जस्तै भएको छ।’

जिल्लाको गोसाइकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकामा चौरी पाल्ने गरिन्छ। भूकम्प अगाडि लाङटाङमा १० प्रतिशत कृषकले चौरी पाल्थे। त्यहाँ एक सय १६ घरधुरी रहेका छन्। अहिले घटेर पाँच प्रतिशतमा झरेको छ।

उनीहरूले पेसा नै परिवर्तन गरेर होटल व्यवसायमा हात हालेका छन्। चौरी पाल्ने क्षेत्रमा बाटो, खानेपानी तथा चरन क्षेत्रको अभाव भएको कारण कृषक घटेको लाङटाङ गोठ समितिको अध्यक्ष तेन्जेन लामाको भनाइ छ। ‘सबै साथीले चौरी छाडिदियो भने पेसा नै हराउँछ,’ उनले भने, ‘किसानले पेसा परिवर्तन गर्नु भन्दा पनि समाधानतिर लाग्नुपर्ने हो।’ उनीसँग अहिले १५ वटा चौरी छन्। भूकम्प जानुपूर्व उनीसँग २५ वटा चौरी थिए। भूकम्पले बाटोमा क्षति पुगेपछि चौरीलाई खर्कमा लैजान कठिन भएको उनले बताए। ‘हामीले निकुञ्जसँग पहल गरिरहेका छौं,’ उनले भने, ‘तर हुन्छ भनेर टार्ने गरेका छन्।’

कुनै ठाउँमा पुल निर्माण गर्नुपर्छ। बजेट नआएपछि समस्या भएको हो। ठूलो पहिरो गएको क्षेत्रमा किसान आफैंले पुनर्निर्माण गर्न सक्ने अवस्था छैन। भूकम्प जानुपूर्व त्यहाँ ३० गोठ थिए। अहिले १८ वटा गोठ छन् । लाङटाङमा करिब तीन सय चौरी छन्। कृषक घटेपछि चीज उत्पादन समेत निरन्तर घट्दै गएको छ। २०७२ अघि पाँच हजार केजी चीज उत्पादन गर्दै आएको लाङटाङ चीज उत्पादन केन्द्रले यो वर्ष सात सय केजी चीज उत्पादन गर्यो। गत वर्ष दुई हजार आठ सय केजी चीज उत्पादन गरेको थियो। नागरिक

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

1 thought on “रसुवामा चौरीपालन व्यवसाय घट्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *