सुन्तला जोनमै गभारो रोग, उत्पादन घट्याे

जाजरकोट – सरकारले सुन्तला जोन घोषणा गरेको जाजरकोटमा यस वर्ष सुन्तला उत्पादन निकै घटेको छ।सुन्तलाका वोटहरुमा गभारो अर्थात ढुसी लाग्ने रोग लागेर वोटहरु सुक्ने र सुन्तलाका दानाहरु कालो हु्न थालेपछि सुन्तला उत्पादन गत वर्षको तुलनामा निकै घटेको किसानहरु वताउछन्।

गत वर्ष ८ करोड बराबरको सुन्तला उत्पादन भएको जाजरकोटमा यस वर्ष सो को आधा पनि उत्पादन हुन नसकेको किसानहरु वताउछन्। वारीमा लगाएका सुन्तलाका वोटहरु फल टिप्ने वेला सुक्न थालेपछि स्थानीय किसानहरु लगानी डुब्ने चिन्तामा परेका छन्।

गत वर्ष १० लाखको सुन्तला बेचेका कुसे गाउँपालिका वडा नम्वर ५ दमदालाका किसान शक्तिवहादुर वली यस वर्ष आधा उत्पादन घटेको वताउछन् । एक्लै ३५ रोपनी जग्गामा सुन्तला खेती गरेका वलीले गत वर्षको तुलनामा यस वर्ष आधा सुन्तला उत्पादन घटेको बताए। उनले सुन्तलाका वोट सुक्ने, पात सुक्ने र सुन्तलाका दानाहरु पनि कालो भएर कुहिने समस्याका कारण यो वर्ष वोटमा सुन्तला निकै कम फलेको वताए। वली जस्तै अर्का किसान चन्द्रवहादुर मल्ल पनि सुन्तलाको वोटमा ढुसी लाग्ने रोगले सुन्तलाका दाना कालो हुने, डाँठ सुक्ने, पात पहेँलो हुने र पछि पुरै वोट सुक्ने रोगका कारण आफुहरु ठुलो मर्कामा परेको र सरकारले केहि सहयोग नगरेको वताउछन्।

सरकारले सुन्तलाको लागि निकै सम्भावना भएको जाजरकोटको दम्दाला र अन्य क्षेत्रलाइ जोडेर गत वर्षको माघ महिनामा जाजरकोटलाइ सुन्तला जोन घोषणा गरेको थियो। जिल्लाको कुसेगाउँपालिका, भेरी नगरपालिकाको वडा नम्वर २ र नलगाड नगरपालिकाको वडा नम्वर ३ को सुन्तला उत्पादन क्षेत्रलाइ जोडेर वनाइएको सुन्तला जोनमा यो वर्ष नै सुन्तला उत्पादन घट्नु निकै दुखद भएको नलगाडका स्थानीय वद्री पन्तले वताए। उनले सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत घोषणा गरिएको सुन्तला जोन कार्यक्रमले जाजरकोटका सुन्तला उत्पादक किसानहरुलाइ गतिलो राहत दिन नसकेको वताए। किसानहरुका समस्या समाधान गर्ने, नियमित रुपमा सुन्तला वारीहरुको प्राविधिक रुपले रेखदेख गर्ने तथा सुन्तलाको वोटहरुको सुरक्षाका लागि किसानहरुलाइ गतिलो सल्लाहा सुझाव दिन कर्मचारीहरुले नसकेका कारण यस वर्ष सुन्तला जोन घोषणा गरिएको जिल्लामा उत्पादन निकै घटेको कुसे ५ का स्थानीय डिल्लीवहादुर थापाले वताए। कार्यालयका प्रमुख लगायतका कर्मचारीहरु फिल्डमा नजाने पाँकटिया स्थित जोनको कार्यालय सहयोगीको भरमा खुल्ने गरेका कारण किसानहरुले कुनै सुविधा पाउन नसकेको उनले वताए।

यता प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला जात जोन जाजरकोटका प्रमुख टंक रिजाल किसानहरुले सुन्तलाको वोट लगाउन नजानेका कारण वोट सुक्ने समस्या देखिएको वताउछन्। सुन्तलाका वोटहरु लगाउँदा ठुलो खाडल नवनाएका कारण सुन्तलाका जराहरु ढुंगा या चट्टानमा ठोकिएका कारण अहिले सुन्तलाको वोटमा पात सुक्ने डाँठ सुक्ने र फल कालो हुने समस्या देखिएको वताए। उनले अहिले जाजरकोटमा ५४ हजार सुन्तलाका वोटहरु लगाइएको वताए। अहिले जिल्लाको १ सय ८० हेक्टर जमिनमा सुन्तला खेती भइरहेको र यसलाइ वढाएर ५ सय हेक्टर वनाउन आफुहरुले काम गरिरहेको प्रमुख रिजालले वताए। नागरिक

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments