आहारा नपुगेर मौरी नासिँदै

खलङ्गा, अज्ञात कारणले जुम्ली किसानको मौरी नष्ट हुँदैगएको विषयमा विशेषज्ञले आहारा नपुगेको प्रमाणित गरेका छन् । जुम्लामा उत्पादन हुने गरेको ‘एपी सेराना’ जातको मौरी धमाधम मर्न थालेपछि किसानले मौरी के कारणले मरेको हो भन्दै अनुसन्धान गर्न माग गर्दैआएका थिए ।
किसानले स्थानीय सरोकारवाला निकायलाई यसको तथ्य पत्ता लगाउन अपिल गरेपछि जुम्लामा मौरी नष्ट हुनुको कारण तथा समस्या पत्ता लगाउन आएको मौरी विशेषज्ञ टोलीले उक्त निष्कर्ष निकालेको हो । कृषि विभागका सहदेवप्रसाद हुमागाईं, मौरी विकास केन्द्र गोदावरीका प्रमुख तीर्थकुमार श्रेष्ठको टोलीले जुम्लामा मौरी किसानको बारी तथा अवस्थाका बारेमा अवलोकन गरेको हो ।
अवलोकनपछि गरिएको अन्तरक्रियामा एक्कासी मौरी घट्दै गएपछि चिन्तित किसानलाई भने कृषि विभाग व्यावसायिक कीट विकास केन्द्रका निमित्त प्रमुख हुमागार्इंले तत्काल चरन क्षेत्र कम र आहारा नपुग्ने भएकाले मौरी घट्दैगएको बताउनुभयो । उहाँले प्राकृतिक कारणले आहारा कम हुने अनुमान गरिएको बताउनुभयोे ।
मौरी विकास केन्द्र गोदावारीका प्रमुख तीर्थकुमार श्रेष्ठले चरन क्षेत्र निकै कम भएकाले नष्ट भएको हुन सक्ने बताउनुभयो । उहाँले मौरीमा गोला व्यवस्थापन, सरसफाई र चरनक्षेत्र व्यवस्थापनमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले तत्कालका लागि कृत्रिम खाना व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
किसान रामकृष्ण बुढ्थापाले दुईवटा मौरीको घारबाट एक सय बढी घार भएकाले यस वर्ष २५ लाख रुपियाँभन्दा बढी आम्दानी हुने आशा गरेपनि मौरी मरेर गएपछि आशा निराशामा परिणत भएको बताउनुभयो ।
किसान नारायण चौलागाईंले १५ वटा मौरीका घारबाट मरेर पाँचवटा मात्रै रहेका छन् ।
कृषि ज्ञान केन्द्रका प्रमुख डा. तपनकुमार शाहले टोलीले अनुसन्धान गरिरहेको र सिजना अनुसार खास समस्या के हो त्यसको पत्ता लगाउने बताउनुभयो । गोरखापत्र

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments