च्याउको बीउ उत्पादन गर्दै सहकारी

नारायणपुर, बगर खेतीमा सफलता पाएपछि दाङको लमहीस्थित उद्यमशील बहुउद्देश्यीय सहकारीले च्याउको बीउ उत्पादन थालेको छ । व्यवस्थापक विश्वराज अधिकारीका अनुसार सहकारीकै लगानीमा उपकरण खरिद गरी च्याउको बीउ उत्पादन थालिएको हो । “वार्षिक २५ हजार पोका बीउ उत्पादन गरिरहेका छौँ,” उहाँले भन्नुभयो । “ क्षमताअनुसारको बीउ उत्पादन गर्न सकिएको छैन”, उहाँले भन्नुभयो । सहकारीले उत्पादन गरेको बीउ दाङसहित बाँके, बर्दिया, प्यूठान, बुटवललगायत जिल्लामा बिक्री भइरहेको छ ।

च्याउको बीउका लागि बजारको समस्या नरहेको सहकारीका अध्यक्ष दिलीपराज खनालले बताउनुभयो । सहकारीले च्याउखेतीमा ९६ किसानलाई समेटेर च्याउखेती कार्यक्रम सञ्चालन गरिरहेको छ । “बीउ बिक्रीबाट वार्षिक रु छ लाखसम्म आम्दानी भइरहेको छ,” उहाँले भन्नुभयो । सहकारीले च्याउखेती गर्न किसानलाई निःशुल्क प्राविधिक सहयोग र बीउ उपलब्ध गराउँदै आएको छ । (रासस)

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments