मह उत्पादन बढ्यो

बैतडी, बैतडीमा गत वर्षको तुलनामा मह उत्पादन वृद्धि भएको छ । गत वर्ष ९५ मेट्रिक टन मह उत्पादन भएको थियो । यो वर्ष मौसम राम्रो तथा मौरीमा रोगको प्रकोप नदेखिएकाले गत वर्षको तुलनामा १० मेट्रिक टन मह उत्पादन बढेको हो । पछिल्लो समय व्यावसायिक रूपमा मौरीपालन गर्ने किसानको सङ्ख्या बढेको र मौरीका लागि चरन राम्रो भएका कारण मह उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख कर्णबहादुर चन्दको बताउनुभयो । चन्दका अनुसार हरेक वर्ष मौरीका घार वितरण र मौरीपालनसम्बन्धी तालिम दिएका कारण मौरीपालन गर्ने कृषकको सङ्ख्या बढेको छ । चरन क्षेत्र र प्रशस्त फलफूल पाइने भएकाले बैतडीमा मह उत्पादनको राम्रो सम्भावना रहेकाले किसानहरू मौरीपालन व्यवसायतर्फ आकर्षित भएको चन्दले बताउनुभयो ।

बैतडी सदरमुकामलगायत श्रीकेदार, श्रीकोट, ढुङ्गाड, र गोकुलेश्वरलगायतका क्षेत्रमा चार हजार सात सय आधुनिक घार तथा करिब सात हजार आठ सय मुढे घारमा मह उत्पादन हुँदै आइरहेको छ । परम्परागत तरिकाले मौरीपालन गर्दा एक पटकमा २० देखि ३० केजीसम्म मह उत्पादन हुन्छ तर आधुनिक तरिकाले मौरीपालन गर्दा एक पटकमा ६० केजीभन्दा बढी मह उत्पादन हुने कृषि ज्ञान केन्द्रका चन्दले बताउनुभयो । बैतडीका माहुरीपालक किसानले सेरेना जातको मौरीपालनलाई व्यावसायिक रूपमा अगाडि बढाएका छन् । अरू व्यवसायभन्दा मौरी व्यवसाय गर्न सजिलो हुने १७ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै दशरथचन्द नगरपालिका ५ पोटाका सुदर्शन लेखक बताउनुहुन्छ ।

माहुरीपालन व्यवसायवाट वार्षिक चार लाख आम्दानी गर्दैं आउनुभएका लेखकले यसपालि माहुरी घार विस्तारसँगै वार्षिक १० लाख आम्दानी गर्ने लक्ष्य रहेको बताउनुभयो । अहिले उहाँकोे घरमा झण्डै ८५ वटा मौरीका घार छन् । उहाँले यो वर्षको कात्तिकदेखि पुससम्म कम्तीमा सात पटक मह निकालिसक्नुभएको छ । यो वर्षको पुससम्म मात्रै पाँच क्विन्टल मह उत्पादन गरी बिक्री भइसकेको लेखकले बताउनुभयो । बैतडीमा उत्पादित मह कैलाली, कञ्चनपुरदेखि काठमाडौँसम्म बिक्री हुने गरेको छ । बैतडीको मह प्रतिकेजी आठदेखि नौँ सय रुपियाँसम्ममा बिक्री हने गरेको छ ।गोरखापत्र

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *