खुम्चिँदै तोरी खेती

दूधौली (सिन्धुली),दूधौली नगरपालिका ९ निवासी कृषक रामप्रसाद दनुवारलाई अहिले कमलाखुँजको फा“टमा लहलह तोरी झुलेको देख्दा मनभित्रैबाट ईष्र्या जागेर आउ“छ । कुनै दिन आफ्नो खेतमा यसैगरी तोरी झुलेको उहाँ झलझली सम्झनुहुन्छ ।
आफ्नो भएको दुई बिघा खेत २०५० सालमा आएको बाढीले सबै बगाई सुकुम्बासी बनाएपछि अहिले कमलाखुँज क्षेत्रमा अर्काको खेतमा लहलह झुलेको तोरी बारी हेरेर बस्नु परेको उहाँको गुनासो छ । कृषक दनुवार अहिले नदी कटानबाट जोगिएको अर्काको खेतमा जेनतेन १२ जनाको परिवारको जीवन निर्वाह गर्दै आउनुभएको छ । आफ्नो भएको सबै दुई बिघा खेत अहिले बगरमा परिणत बनेको छ, उहाँले भन्नुभयो ।
स्थानीय कृषकका अनुसार कमलाखुँज क्षेत्रमा कमला नदीको बाढीले बर्सेनि उर्वरभूमि कटान गरेपछि सयौँ भूमिपति कृषक अहिले सुकुम्बासी बनेका छन् र तोरी उत्पादन घट्दै जान थालेको छ ।
नदीको कटानबाट बर्सेनि कमलाखुँज क्षेत्रका हत्पते, रानीबास, निपाने, हर्षाही, टा“डी, दूधौली, सिर्थौली र कमलामाई नगरपालिकाका ९, १०, १३ र १४ वडाका कृषक प्रभावित हुँदै आएका दूधौली नगरपालिका १ का सचिव हेरम्बराज अधिकारी बताउनुहुन्छ ।
वडा सचिव अधिकारी कमला नदी कटानको समस्या बढ्दो रूपमा देखा परेको दुई दशकभन्दा बढी भए पनि त्यसलाई नियन्त्रण गर्न कुनै निकायबाट प्रभावकारी काम हुन नसक्दा तोरी खेतीसहित अन्य खाद्यान्न बाली उत्पादन प्रभावित बनेको बताउनुहुन्छ ।
उहाँका अनुसार कमला नदीले कमलाखुँज क्षेत्रमा झण्डै एक हजार परिवारको खेत बगाएर सुकुम्बासी बनाएपछि उनीहरूको अवस्था दयनीय भएको छ । तोरी खेतीका लागि पनि लोकप्रिय रहेको कमलाखुँज क्षेत्रका उर्वर खेत सबै कमला नदीको बाढीले बगाएर बगरमा परिणत गराएपछि तोरी उत्पादन घट्दै गएको छ ।
दूधौली नगरपालिका ६, हर्षाही निवासी कृषक दुर्गाबहादुर घिसिङ कमला नदीमा आएको बाढीले आफ्नो सात कट्ठा खेत बगाएपछि तोरी खेती गर्ने जग्गा अभाव भएको बताउनुहुन्छ । कमला नदीको कटानलाई नियन्त्रण गरि उर्वर जमिनलाई नबचाउने हो भने कमलाखुँज क्षेत्रमा हुने तोरी खेती कुनै बेला कल्पनामा नै सीमित हुन बेर नलाग्ने उहाँको भनाइ छ ।
दूधौली नगरपालिका १, बंका निवासी शिक्षक हेम अधिकारी १९÷२० वर्ष पहिलेसम्म कमलाखुँज क्षेत्रबाट ठूलो परिमाणमा तोरी बाहिर निकासी हुने गरेकोमा अहिले त्यो क्रम रोकिएर उपभोगका लागि पनि बाहिरबाट ल्याइने पाकेटको तेल पसलमा खरिद गर्नुपर्ने बाध्यता बनेको बताउनुहन्छ ।
कृषि ज्ञान केन्द्रका अनुसार सिन्धुलीमा बर्सेनि पाँच हजार हेक्टरभन्दा बढी जमिनमा तोरी खेती (तेलहन बाली) हुँदै आएको पछिल्लो पाँच वर्षको तथ्याङ्कले देखाएको छ ।
गत वर्ष पाँच हजार ७१७ हेक्टर जमिनमा तोरी खेती हुँदा पाँच हजार ३७३ मेट्रिक टन उत्पादन भएको थियो । माटोमा भएको प्राङ्गारिक पदार्थ घट्दै गएकोले समग्र रूपमा तोरी खेतीको विस्तार देखिए पनि उत्पादन घट्दो अवस्थामा रहेको उक्त केन्द्रका प्रमुख राजन ढकाल बताउनुहुन्छ । तोरी खेतीको उत्पादन बढाउन माटोको खाद्य तŒव उत्पादन बढाउनुपर्ने उहाँको भनाइ छ ।गोरखापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?