प्रभावकारी बन्दै घरेलु सिँचाइ प्रविधि

सल्लेरी, महाकुलुङ १ सोलुखुम्बुका हर्कध्वज राई दुई दशकयता व्यावसायिक कृषि उपज तथा नर्सरी उत्पादन गर्दै हुनुहुन्छ । उहाँले उत्पादन गर्नुभएको क्षेत्रमा पानीको अभाव हुने तथा धेरै क्षेत्रमा कृषि उत्पादन भइरहेकाले समयमा सिँचाइ गर्न नपाएपछि उहाँले घरेलु प्रविधिबाट सिँचाइ शुरु गर्नुभएको छ । उहाँले थालनी गर्नुभएको सिँचाइ अहिले महाकुलुङ र सोताङ गाउँपालिकाभर विस्तार भइरहेको छ ।
कृषक हर्कध्वजले पेप्सी, कोकाकोला, ड्युजस्ता पेय पदार्थका बोतलको पुनः प्रयोग गरी बनाइएको सिँचाइ प्रविधि प्रभावकारी हुने तथा थोपा सिँचाइ र मल्चिङ प्रविधिको काम पनि निकै प्रभावकारी हुने उहाँले बताउनुभयो । उहाँको कृषि फार्मको अवलोकनमा आएका कृषकले उक्त घरेलु प्रविधिको सिको गरेकाले सोताङ र महाकुलुङमा धेरैजसोको फार्म तथा बारीमा विस्तार भइरहेको छ ।
महाकुलुङ ४ का कृषक उषा किराँतीका अनुसार पेय पदार्थको बोतलको पुनः प्रयोगले वातावरण संरक्षणमा टेवा पुगेको छ भने थोपा सिँचाइ र मल्चिङ प्रविधि दुवैको काम गर्ने भएकाले सहज भइरहेकाले आपूmले पनि प्रयोग शुरु गरेको बताउनुभयो । त्यस्तै महाकुलुङ ५ का कृषक अविन्द्रकुमार राईका अनुसार त्यस क्षेत्रका कृषकको एक ठाउँमा जग्गा नभएकाले कृषकले धेरै ठाउँमा कृषि उपज लगाउनुपर्ने तथा उत्पादन गर्नुपर्ने भएकाले आपूm समयमा सिँचाइ गर्न नपुग्ने जग्गाका लागि निकै प्रभावकारी हुने बताउनुभयो । राईका अनुसार घरेलु प्रविधि तथा पेय पदार्थको पुनः प्रयोगबाट बनाइएको सिँचाइको कामले समयको बचत हुने तथा खेर गएका बोतलको पुनः प्रयोग हुने भएकाले सहज भएको बताउनुभयो ।

कसरी बनाइन्छ ?
पेय पदार्थ खाइसकेपछि सबैले बोतल फाल्ने गर्छाैं तर हर्कध्वज राईले भने भेला पारेर कृषि सिँचाइमा प्रयोग गर्नुहुन्छ भने अरूले पनि सिको गर्न थालेका छन् ।
खाई सकिएको पेय पदार्थको खोल फेद वा तल्लो भागमा सानो पिनले प्वाल पारिन्छ । त्यस बोतलभर पानी हालेर बिर्को बन्द गरिन्छ । उक्त बोतलको पानी बिर्काे लगाएपछि माटोले सोस्न सकेको मात्रामा मात्र झर्ने हुँदा लामो समयसम्म पानी रहने कृषक हर्कध्वज राईले बताउनुभयो । तयार भएको पानीसहितको बोतल बिरुवाको फेदफेदमा राखिदिँदा दुई हप्तासम्म पानी बिरुवाले पाइरहने हर्कध्वज राईले बताउनुभयो । बोतलको बिर्काे नलाउँदा पानी छिटो माटोमा झर्ने गरेकाले अनिवार्य बिर्काे लगाउनुपर्छ । लामो समयसम्म थोपा सिँचाइ र मल्चिङको काम गर्न बिर्काे लगाउनु अनिवार्य हो ।गोरखापत्र

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments