गहुँ उत्पादन बढ्ने

Krishi Suchana - Agriculture in Nepal

भैरहवा, तिलोत्तमा नगरपालिका १२ मक्रहरका मुकुन्दबहादुर मल्ल अहिले गहुँ उत्पादन बढ्नेमा ढुक्क हुनुहुन्छ । विगतका वर्षहरूमा स्थानीय जातको गहुँ लगाउँदै आउनुभएका उहाँको खेतमा अहिले तिलोत्तमा नगरपालिकाले अनुदानमा उपलब्ध गराएको उन्नत जातको गहुँ लटरम्म फलेको छ । आठ बिघा क्षेत्रफलमा गहुँ खेती गर्नुभएका मल्लले विगतमा भन्दा यसपटक गहुँको उत्पादन वृद्धि हुने बताउनुभयो ।

उहाँ जस्तै तिलोत्तमा नगरपालिका वडा नम्बर १७ गङ्गोलियाका किसान दयाराम थारू पनि उत्पादन वृद्धि हुनेमा ढुक्क देखिनुहुन्छ । तिलोत्तमा नगरपालिकाको कृषि विकास शाखाले ४० प्रतिशत अनुदानमा उपलब्ध गराएको उन्नत जातको गहुँको बीउ लगाउनुभएका थारू विगतका दिनहरूमा भन्दा यस वर्ष उत्पादन वृद्धि हुनेमा आशावादी देखिनुभएको हो । पाँच बिघा क्षेत्रफलमा गहुँ लगाउनुभएका थारूको खेतमा पनि लटरम्म गहुँका बाला झुलिरहेको छ । तिलोत्तमा नगरपालिकाले गहुँमा किसानलाई आकर्षित गर्दै आत्मनिर्भर बनाउने उद्देश्यका साथ ४० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराएको थियो ।

नगरपालिका कृषि विकास शाखा प्रमुख बागवानी विकास अधिकृत जीवन आचार्यका अनुसार नगरपालिकाले कुल ६३ हजार आठ सय २० किलोग्राम गहुँको बीउ किसानलाई उपलब्ध गराएको थियो । सहकारीमार्फत व्यावसायिक रूपमा कृषि प्रणालीमा आबद्ध भएका किसानलाई उनीहरूको आवश्यकता अनुसार गहुँको बीउ अनुदानमा उपलब्ध गराइएको कृषि विकास शाखा प्रमुख आचार्यको भनाइ छ ।

कृषि विकास शाखाका प्राविधिक सहायक युवराज ढकालका अनुसार जनउत्थान सहकारी संस्था र आनन्दवन सहकारी संस्थामार्फत किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराइएको थियो । जनउत्थान सहकारी संस्थाबाट ५१ हजार २४० किलोग्राम र आनन्दवन सहकारी संस्थामार्फत कुल १२ हजार ५८० किलोग्राम गहुँको बीउ वितरण गरिएको थियो । किसानको खेतमा उत्पादन भइरहेको गहुँको उत्पादन अवस्था अनुसार जात हेरिकन पाँचदेखि आठ प्रतिशतसम्म उत्पादन वृद्धि हुने अनुमान गरेका छौँ, उहाँले भन्नुभयो ।
केही समयअघि किसानले खेतमा लगाएको गहुँको उत्पादनको अवस्था, उत्पादन प्रक्रिया, किसानको अपेक्षा÷प्रतिक्रिया बुझ्नका लागि तिलोत्तमा नगरपालिका कृषि विकास महाशाखाले अनुगमनसमेत गरेको थियो ।

किसानलाई उन्तत जातको भृकुटी, विजय, एनएल २९७ नामका तीनवटा भिन्दाभिन्दै जातको गहुँको बीउ प्रदान गरिएको प्राविधिक सहायक ढकालको भनाइ छ । नगरपालिकाले उपलब्ध गराएको अनुदानको बीउ सबैभन्दा बढी मुकुन्दबहादुर मल्लले मक्रहरमा आठ बिघा क्षेत्रफमा लगाउनुभएको छ । त्यस्तै दयाराम थारूले गङ्गोलियामा पाँच बिघा, कृष्णबहादुर पुुनले पाँच बिघा, खेम थापाले मधवलियामा तीन बिघा, रामगुप्त थारूले तिलोत्तमा–१५ मा दुई बिघा, छेकीप्रसाद यादवले तिलोत्तमा–१० मा दुई बिघा खेतमा अनुदानको गहुँको बीउ लगाउनुभएको छ । तिलोत्तमा नगरपालिकाभित्र कुल खेतीयोग्य जमिन आठ हजार ७३६ हेक्टर रहेको छ । जसमा गहुँ बालीले ढाकेको क्षेत्रफल छ हजार आठ सय ८८ हेक्टर रहेको छ । सोही क्षेत्रफलभित्र अनुदानको गहुँको बीउ कुल ६३८ हेक्टर क्षेत्रफलमा र स्थानीय जातको गहुँको बीउ ५० हेक्टरमा लगाइएको नगरपालिका कृषि विकास शाखाले जनाएको छ । गोरखापत्र

सम्बन्धित खबर
रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता
रासायनिक मल

काठमाडौँ : नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र रि–निकोला प्राइभेट लिमिटेड कम्पनीबीच ...

पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *