जुम्लामा गुच्चीच्याउको अध्ययन गर्दैै वैज्ञानिक

Krishi Suchana - Agriculture in Nepal

खलङ्गा, कर्णालीमा पाइने गुच्चीच्याउ र जङ्गली खाद्यफलको विशेष अध्ययन गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट)को एक टोली जुम्ला पुगेको छ । च्याउ र जङ्गली खाद्यफलको महìवका विषयमा स्थानीयलाई जानकारी नहुँदा त्यहाँका विभिन्न जङ्गलमा प्रशस्त मात्रामा पाइने च्याउ र जङ्गली खाद्यफल खेर गइरहेको भन्दै त्यस विषयमा अध्ययन गर्न नाष्टका वैज्ञानिक त्यहाँ पुगेका हुन् ।

वैज्ञानिकको टालीले जुम्लामा पहिलो पटक जङ्गली खाद्यफल र च्याउको बारेमा स्थानीय जडीबुटी, किसान र सरोकारवाला निकायलाई संरक्षण तथा अनुसन्धानमा लाग्नुपर्ने भन्दै सुझाव सङ्कलन गर्न थालेको छ ।

नाष्टका वैज्ञानिक डा. जयकान्त रावत र डा. लोकरन्जन भट्टले जङ्गली च्याउ र खाद्यफलका बारेमा जुम्लामा स्थानीयलाई जानकारीसमेत दिनुभएको छ । उहाँहरूले जुम्लामा पाइने यार्सा, गुच्चीच्याउ र रातोच्याउलगायत जङ्गली खाद्यफलका बारेमा जानकारी गराउनुभएको हो । जुम्लामा पाइने च्याउ र खाद्यफलबाट राम्रो आम्दानी गर्न सकिने भन्दै नाष्टका वरिष्ठ वैज्ञानिक डा.जयकान्त रावतले संरक्षणमा जुट्न किसान तथा व्यापारीलाई आग्रह गर्नुभयो ।

नाष्टले कर्णालीमा पाइने विभिन्न प्रकारका च्याउ, रैथाने जडीबुटी, किसानको अवस्था र भूगोलको समेत अध्ययन थाल्नुभएको हो । उहाँहरूले किसान रामकृष्ण बुढथापाले च्याउ उत्पादन गरिरहनु भएको क्षेत्र रडिखेल्लालगायतका क्षेत्रह उहाँहरूको अवलोकनका साथै स्थानीय किसान, जानकार र सरोकारवालासँग अन्तत्र्रिmयासमेत गर्नुभएको थियो ।
वैज्ञानिक रावतले यसको विस्तृत अध्ययन गरेर जङ्गली फलबाट जाम, जेली र जुसको संभाव्यता अध्ययन गरेर स्थानीय बजार प्रवद्र्धन गर्न सकिने र कृतिम रूपमा उत्पादनका लागि पनि अध्ययन आवश्यक रहेको बताउनुभयो । अहिले च्याउ खोज्ने सिजनसमेत भएकाले विशेष छलफल गर्न सकिने बताउनुभयो ।

जङ्गली खाद्यफल र च्याउको बारेमा स्थानीय, च्याउ व्यापारी र जङ्गली खाद्यफल उपभोग गर्नेहरूसित गरिएको अन्तत्र्रिmयामा स्थानीयले जुम्लामा पाइने गुच्छीच्याउको अध्ययन गर्न सुझाव दिएका छन् । जुम्लाका वरिष्ठ किसान रामकृष्ण बुढथापाले जुम्लाका विभिन्न जङ्गलमा पाइने गुच्छीच्याउको अध्ययन गर्न वैज्ञानिहरूलाई आग्रह गर्नुभएको छ । स्थानीयस्तरमा पाइने बहुमूल्य जडीबुटीलगायत जङ्गली खाद्यफल र च्याउको बजारीकरणमा समेत सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो । जंङ्गलमा भएका सबै प्रकारका जडीबुटी, खाद्यफल र च्याउका बारेमा स्थानीयले थाहा नपाउँदा लाखाँै मूल्य पर्ने जडीबुटी खेर गइरहेकाले सो जानकारी तथा अध्ययन आवश्यक रहेको स्थानीय व्यापारी मिनबहादुर कठायतले सुझाव दिनुभयो ।
गुच्चीच्याउका लागि कर्णाली उर्वर भूमि नै भएकाले अध्ययनका लागि जुम्ला पुगेको उहाँहरूले बताउनुभयो । वैज्ञानिक डा. रावतका अनुसार कर्णालीमा ५९ प्रतिशत च्याउ पाइने उर्वर भूमि भएकोे बताउनुभयो ।

अर्का वरिष्ठ वैज्ञानिक लोकरञ्जन भट्टले शरीरलाई आवश्यक पर्ने पोषक तìवको उपयुक्त स्रोत जङ्गली खाद्यफल भएकाले यसको अनुसन्धानमा प्रतिष्ठान लागेको बताउनुभयो । नेपाल सरकारले वनमा आधारित उद्यमशीलतालाई प्राथमिकतामा राखेको छ, वैज्ञानिक भट्टले भन्नुभयो, वातावरणीय सन्तुलन कायम गर्न जङ्गल र हाम्रो शरीरका लागि आवश्यक पोषक तìव, फाइबर तथा रसायनहरू जङ्गली खाद्यफलबाटै प्राप्त हुन्छ ।
नेपालमा जुस क्षेत्रमा प्रतिस्पर्धा नभएको र गत चार वर्षमा नेपालबाट ४० देशमा यसको निर्यात गरिएको जनाइएको छ ।
मुगु कार्मारोङ गाउँपालिकाका सोनामसाङ्मु लामा तथा कुञ्जाङ फुटिक लामाले यातायात पहुँच र साधन स्रोतको कमीले जङ्गली खाद्यफल कुहिएर जाने गरेको बताउनुभयो ।

यो समय गुच्चीच्याउ टिप्ने सिजनसमेत हो र स्थानीय वनमा गएर च्याउसमेत टिपिरहेका छन् । अब भने च्याउ संरक्षणमा स्थानीय सरकारले नीति बनाएर संरक्षणमा ध्यान दिन जरुरी स्थानीय किसानको भनाइ छ ।गोरखापत्र

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments