यी हुन् गर्मी मौसमको लागी उपयोगी खानेकुराहरु

गर्मिको मौसममा हुने तापक्रमको बृध्द्धीले गर्दा हाम्रो शरिरबाट धेरै पसिना आउने र शरिरमा पानीको कमी हुने, चर्को घामको कारणले गर्दा छालाको समस्या निम्त्याउने, विभिन्न प्रकारका भिटामिन र मिनरल्सहरुको कमी हुने आदी जस्ता समस्याहरु देखा पर्ने हुन्छ।

यस्ता समस्याहरुबाट बच्नको लागी हामीले गर्मीमा केहि खानेकुराहरुलाई खानामा समाबेस गराउन सक्छौं ।

जान्नुहोस् गर्मिको लागी महत्व्पूर्ण स्वास्थ्यबर्द्क खानेकुराहरुको सुची –

खरबुजा
गर्मिको मौसममा शरिरमा पानीको मात्रा कम भएमा स्मरण शक्ती नास हुने, मनस्थिती स्थायी नहुनाको साथै अन्य थुप्रै समस्याहरु देखिने हुन्छ । खरबुजामा ९२ प्रतिसत पानी हुन्छ। यसको अतिरिक्त भिटमिन , मिनरल्स र छालाको सुरक्षाको लागी अतीनै उपयोगी लाईकोपिन ९थिअयउभलभ० नामक रसायन रहेकोले यस्को सेवन अतिनै उपयोगी हुनुका साथै खरबुजाको सेवनले शरिरलाई सितलता समेत प्रदान गर्दछ ।

मकै

मकैमा रहेको लुटेइन ( lutein) र ज्यान्थिन (zeaxanthin) नामक उपयोगी रसायनले छालालाई सुर्यको किरणबाट बचाउने हुँदा छालामा दाग आउनबाट बचाउँछ ।

चिसो कफि
चिसो कफिको सेवनले छालालाई सुर्यको किरण र अधिक तापक्रमबाट हुने हानीलाई कम गर्दछ । युरोपीयन जर्नल अफ क्यान्सर प्रीभेन्सनले प्रकासित गरेको एउटा लेख अनुसार ९३००० महिलाहरुमा गरिएको एक सर्भेक्षणमा क्याफिन भएको चिसो कफी दैनिक १ कप पिउने ब्यक्तीमा छालाको क्यान्सर हुने सम्भावना १० प्रतिसतले कम हुने तथ्य्य प्राप्त भएको छ ।

गोलभेडा

गोलभेडालाई रातो रङ दिने रसायन क्यारोटीनोइड्स (carotenoids) ले सुर्यबाट आउने हानिकारक परबैजनी किरणलाइ छाला डढाउन बाट रोक्ने गर्दछ ।

सुन्तला

सुन्तलामा ८० प्रतिसत पानी हुनुको साथै पोटासियम पनि पाइने हुँदा पसिनाबाट खेर जाने पानी र पोटासीयमको मात्रा पुर्ती गर्नको लागी यो उपयोगि हुन जान्छ ।

सुपको साग

सुपको सागमा भिटामिन सि, भिटमिन बि, फोलेट, क्याल्सियम, पोटासियम, आइरन आदी पाइन्छ। शरिरमा पानीको मात्रा कम हुनबाट रोक्नुको साथै यसमा पाइने उपयोगी तत्वले मृगौलाको कार्यलाई समेत सहयोग गर्दछ ।

ग्रिन टी

ग्रिन टी ले शरिरमा पानीको मात्रा सन्तुलन गरी पानीको कमी हुनबाट बचाउनुको साथै क्यान्सर र मुटुको रोगबाट पनि शरिरलाई बचाउँछ ।

सलाद र गाढा हरियो रङको साग

सलाद र गाढा हरियो रङको सागको सेवनले गर्मिको कारणले पसिनाको रुपमा खेर गएको भिटामिन र मिनरल्स हरुको कमी पुर्ती गर्नुको साथै सुर्यको किरणबाट छालालाई जोगाउछ ।

नरिवलको पानी

नरिवलको पानीमा भिटामिन बि , भिटमिन सि, बिभिन्न मिनिरल्सहरु, सुगर र शरिरलाई चाहिने एमिनोएसिडहरु पाइन्छ। यसको पानीले तिर्खा मेटाउनुको साथै त्यसमा पाइने तत्वहरुले शरिरमा पानीको मात्रा पनि सन्तुलन गर्दछ ।

उखुको जुस

उखुको जुसले शरिरलाई सितल राखी चिनिको मात्रा पुरा गर्द्छ ।

कांक्रो

कांक्रोले शरिरमा पानीको मात्रा सन्तुलन गर्नाको साथै भिटमिन र मिनरल्सको पुर्ती गरी पेट समेत स्वस्थ्य राख्द्छ ।

दही

दहीमा चिल्लोको मात्रा नहुने र यसले पेट अनि पुरा शरिरलाई सितलता प्रदान गर्द्छ । न्युज २४

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments