माछा जोगाउन महोत्सव

लेखनाथ — लेखनाथ होटल तथा रेस्टुरेन्ट एसोसियसन र जिल्ला मत्स्य व्यवसायी समिति कास्कीको आयोजनामा जेठ १३ देखि २० सम्म पाँचौं बेगनास फिस फेस्टिभल तथा कृषि व्यापार मेला हुने भएको छ । बेगनासताल किनारमा हुने महोत्सवमा ७५ स्टल रहनेछन् ।

महोत्सवमा माछा, मह, कफी प्रदर्शनी, सुन्दरीडाँडा भ्युटावर र पोखरा जुलोजिकल पार्क अवलोकन, जडीबुटी प्रदर्शनी, पप कन्सर्ट, हास्यव्यंग्य, लोकदोहोरी, खुल्ला डुंगा दौड, पौडी प्रतियोगितालगायत कार्यक्रम हुनेछन् । होटल एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले सुस्ताएको आर्थिक क्षेत्रलाई चलायमान बनाउन महोत्सव आयोजना गरेको बुधबार पत्रकार सम्मेलनमा बताए ।

मत्स्य व्यवसायी समितिका अध्यक्ष दयाराम तिवारीले कास्कीका ताल र पोखरीमा उत्पादित माछा महोत्सवमा खपत हुने उल्लेख गरे ।महोत्सवका प्रचारप्रसार समिति संयोजक दामोदरभक्त थापाले महोत्सवबाट बचत रकम माछा संरक्षणमा खर्च हुने जनाए ।कान्तिपुर

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments