जागिर भन्दा तरकारी खेतीमा रमाए शिक्षित युवाहरु

Krishi Suchana - Agriculture in Nepal

राजविराज, सरकारी जागिर भन्दा तरकारी खेतीमा बढी कमाइ गरी उदाहरणीय बन्नु भएको छ सप्तरीका तीन जना शिक्षित युवाहरु । उच्च शिक्षा आर्जन गरेकाहरुको पहिलो सोच सरकारी जागिर खानेतिर हुन्छ, तर यहाँका तीन युवाहरुको रोजाइ सरकारी जागिर भन्दा तरकारी खेती प्राथमिकतामा परेको छ ।

जिल्लाको राजगढ गाउँपालिका १ नर्घो बस्ने दुई जना स्नातक र एक जना प्लस टु उत्तिर्ण गरेका युवाहरु वार्ड नं. १ मा नेचुरल कृषि फार्म सञ्चालन गरेको छ । स्नातक उत्तिर्ण गरेका भुपेन्द्रकुमार यादव, उमेशकुमार यादव र प्लसटु उत्तिर्ण आशाराम मण्डलले संयुक्त रुपमा तीन बिघा जग्गा लिज(भाडा) मा लिएर नेचुरल(अर्गनानिक) तरकारी खेतीसँगै कृषिजन्य उत्पादन कार्य गरेर उदाहरणीय बन्नु भएको छ ।

सोही गाउँपालिकाको झहुरा चौक स्थित जीवनरत्न कृषि सहकारी संस्था लिमिटेडबाट रु १८ लाख ऋृण लिएर तरकारी खेती, कुखुरा र माछा पालनसमेत गरेका छन । वार्षिक चार मन धान प्रति कठ्ठा दिने भनेर भाडाँमा लिएको तीन बिघा जग्गामध्ये एक बिघामा करेला खेती, पाँच कठ्ठामा खुर्सानी, दुई कठ्ठामा गोलभेडा खेती गरेको बताउँदै युवा भुपेन्द्रकुमार यादवले सात वटा पोखरीमा माछा तथा भुरा उत्पादन गरिरहेको बताउनुभयो । यससँगै कुखुरा फार्म पनि सञ्चालनमा रहेको बताइएको छ ।

एघार वर्षको लागि जग्गा भाडामा लिएर आधुनिक प्रविधिद्वारा यसै वर्षदेखि सुरु गरिएको तरकारी खेतीले आम्दानी दिन थालेको जानकारी दिदै उहाँले दुई लाखको हरियो खुर्सानी बेचिसकेको बताउनुभयो । खुर्सानी, गोलभेडा, बोडी, करेला लगायत दुई महिनाभित्र करिब पाँच लाखको तरकारी बेचिसकेको बताइएको छ । सुरुमा धेरै लगानी लाग्यो तर, अहिले आम्दानी आइरहेको छ उहाँले भन्नुभयो, तरकारी उत्पादन र बिक्री जुन रुपमा रफतार बढेको छ । यसले सरकारी जागिर भन्दा दोब्बर÷तेब्बर आम्दानी हुन्छ ।

उत्पादित तरकारी खरिद गर्न खुद्रा तथा थोक व्यापारीहरु खेतमै पुग्ने गरेकोले बेच्न झनझट नै हुदैन युवा शिक्षित कृषकहरु भन्छन, मेहनत र परिश्रम गर्दा अन्यत्र भन्दा घरमै कमाइ छ तर, त्यसलाई चिन्न सक्नुपर्छ । हामीले तरकारी खेती सुरु गर्दा स्थानीयहरु नानाथरीका कुरा लगाउथे, कोही भन्थे यिनीहरु बौलाइसके, कोही भन्थे पढे लेखेर के भो । जस्ता कुराको बेवास्ता गर्दै अघि बढेर अहिले तिनीहरु नै प्रशंसा गर्न थालेको बताइएको छ ।

यस्तै सुरुवाती अवस्थामा काम गरिरहदा गाउँलेहरुले भन्थे, यी केटाहरु पैसा बर्बाद गर्छ, यिनीहरुको कमाइ हुदैन, डुब्छ । अहिले तिमीहरुले राम्रो काम गर्यो भन्न थालेको उमेशकुमार यादवले तितो अनुभव सुनाउनुभयो । हाम्रो खेतमा उत्पादन भएको तरकारी पूर्ण रुपमा अर्गानिक रहेकोले स्वास्थ्यमा कुनै किसिमको असर नगर्ने उहाँको कथन छ । गोरखापत्र

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments