किसानलाई गहुँ टिप्न चटारो

सिमकोट , असार लागे संगै किसानहरुलाई गहुँ टिप्न चटारो सुरु भएको छ । गत मंसीरमा छरेको गहुँ पाकेपछि खार्पुनाथ पाँचका किसानहरुलाई गहुँ टिप्न चटारो सुरु भएको हो ।

पाँच रोपनी जग्गामा गहुँ लगाउनु भएकी खार्पुनाथ पाँचकी धुना शाहीले हिजो आज गहुँ टिप्ने चटारो सुरु भएको बताउनुभयो । सिचाईको सुविधा भएको कारण गहुँ बाली राम्रो फलेकोले उत्पादन राम्रो हुने उहाँले बताउनुभयो । उहाँ सहित तीन जना महिलाले हातैले गहुँ टिप्न सुरु गरेको बताउदै बाला पनि खँदिलो भएकोले टिप्न पनि रहर लाग्ने उहाँले बताउनुभयो । यसपाली तीन देखि चार क्वीन्टल गहुँ फल्ने उहाँले बताउनु भयो ।

यतिखेर महिलाहरुलाई बिहान छ बजेबाट बेलुका सात बजेसम्म गहुँ टिप्ने चटारोले अन्य काम गर्न फुर्सद नै नभएको सोही वडाकी मुना शाहीले बताउनुभयो । तीन रोपनी जग्गामा गहुँ लगाउनु भएकी शाहीले यसपाली गहुँको उत्पादन राम्रो हुने बताउदै महिलालाई फुर्सद नै नभएको उहाँले बताउनुभयो । भारी बोक्ने काम भने पुरुषले गर्ने गरेको उहाँले बताउनु भयो ।
सिंचाई सुविधा भएको कारण उक्त जग्गामा गहुँ बाली राम्रो सप्रेको र यस लगत्तै धान खेती गरिने स्थानीय गोर्ख शाहीले बताउनुभयो ।

८५ घरधुरीको जग्गामा गहुँ खेती, रिप, उनापानी, ती लगाएको सबै उत्पादन राम्रो भएको शाहीले बताउनुभयो । हुम्ला जिल्लाका धारापोरी, ग्याग्रु, नल्न, छिप्रा, दुल्ली मुण्डी, साँया, पिप्लाङ, मकै, तुम्च लगाएतका डेढ दर्जन स्थानमा गहुँ खेती पाकेकोले किसानलाई गहुँ भित्र्याउने चटारो भएको छ । यी मध्ये अधिकांस क्षेत्रमा सिचाईको सुविधा छ भने केहीमा छैन ।गोरखापत्र

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments