कृषकलाई जर्सी गाई

बैतडी — शिवनाथ गाउँपालिकाले कृषकलाई अनुदान सहयोगमा जर्सी क्रस गाई वितरण गरेको छ । ६ वडाका ६ जना व्यावसायिक कृषकलाई ७५ प्रतिशत अनुदानमा गाई वितरण गरेको हो । २५ प्रतिशत लगानी कृषक आफैंले गरेका छन् ।

गाउँपालिकाका पशु सेवा शाखा प्रमुख प्रकाश साउदले शुक्रबार दुहुना गाई र दाना बाँडिएको जानकारी दिए । भारतको झुलाघाटबाट ३ लाख रुपैयाँमा गाई खरिद गरिएका थिए । ‘सूचनामार्फत आवेदन आह्वान गरेका थियौं । तीमध्ये व्यवसाय गर्न सक्ने कृषकलाई वडाध्यक्षको सिफारिसका आधारमा छनोट गरेका हौं,’ साउदले भने ।

गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन उन्नत जातका गाई उपहार दिइएको गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्दले बताइन् । शिवनाथका अधिकांश स्थानीय दूध, दही र मोही बिक्री गर्दैनन् । उनीहरू घिउ बनाएर भारतीय बजारहरूमा बिक्री गर्छन् ।

उन्नत जातमा गाईपालनमा गाउँपालिकाले जोड दिएको अध्यक्ष कर्णसिंह साउदले बताए । केही समयभित्रै साँढे खरिद गर्ने योजना रहेका उनले सुनाए ।कान्तिपुर

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments