३ करोडका एभोकाडो बिरुवा उत्पादन

धनकुटा — जिल्लामा यस वर्ष ३ करोड रुपैयाँका एभोकाडो बिरुवा उत्पादन भएका छन् । अन्य जिल्लाबाट माग बढेपछि किसानले उत्पादन बढाएका हुन् । जिल्लाका अन्य क्षेत्रभन्दा धनकुटा नगरपालिकामा एभोकाडोको नर्सरीतर्फ किसान बढी आकर्षित भएको देखिएका छन् ।

यस वर्ष ३ लाख एभोकाडोको बिरुवा उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा एभोकाडो बिरुवाको होलसेल मूल्य ९० देखि १ सय रुपैयाँ छ भने खुद्रा मूल्य २ देखि ३ सय रुपैयाँ रहेको छ ।

जिल्लालाई गत मंसिरमा एभोकाडोको राजधानी घोषणा गरिएपछि यसको खेतीमा सयौं कृषक जुटेका छन् । सबैभन्दा बढी धनकुटा नगरपालिकाभित्रका १ हजार ९ सय ६२ परिवारले एभोकाडोलाई मुख्य आम्दानीको स्रोत बनाउँदै आएका छन् । नगर क्षेत्रका २ हजार ६ सय रोपनी क्षेत्रफलमा यो फलको खेती गरिएको छ । आगामी ५ वर्षमा नगरका कृषकले वार्षिक ७ करोडभन्दा बढीे आम्दानी गर्ने दाबी गरिएको छ ।

धनकुटाको एभोकाडोको माग पाल्पा, भोजपुर, तनहुँ, स्याङ्जा, लमजुङ, चितवन, कास्की, गोर्खालगायत जिल्लाबाट अत्यधिक बढी आएको छ । एभोकाडोको बाहिरी जिल्लामा माग बढेपछि कृषक नर्सरी व्यवस्थापनमा जुट्न थालेको कृषि विज्ञ जीवन राईले बताए ।कान्तिपुर

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments