सवा दुई अर्बको तरकारी आयात

तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो

बाँके,नेपालगञ्ज नाका भएर भारतबाट भित्रिने तरकारीको परिमाण अत्यधिक बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा सवा अर्ब रुपियाँको तरकारी भित्रिएकोमा आर्थिक वर्ष २०७५÷७६ मा सवा दुई अर्ब रुपियाँको तरकारी नेपालगञ्ज भित्रिएको छ । नेपालगञ्ज भएर भित्रिने भारतीय तरकारी प्रदेश ५ सहित सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लासम्म पुग्ने गरेको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा भारतबाट एक अर्ब ३८ करोड रुपियाँ मूल्यको तरकारी भित्रिएको छ । गत आवमा भारतबाट ६६ हजार ६८४ मेट्रिक टन आलु मात्रै भित्रिएको थियो । आव २०७४÷७५ मा ७७ करोड मूल्यको ३६ हजार ८२९ मेट्रिक टन आलु भित्रिएको थियो । भन्सार कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आवको तुलनामा भारतबाट भित्रिएको गोलभेडा, प्याज, सालौट, लसुन, सागपात हरियो तरकारी, केराउ गेडा, बोडीजस्ता तरकारी गत आवमा बढी भित्रिएको छ । गत आवमा भारतबाट ४८ करोड मूल्यको बोडी, ३४ करोडको प्याज, सालौट, तीन करोड ६६ लाख मूल्यको गोलभेँडा, तीन करोड मूल्यको हरियो सागपात तरकारी नेपालगञ्ज नाका भएर भित्रिएको छ ।

यसैगरी अघिल्लो आव २०७४÷७५ मा ४१ करोडको बोडी, सात करोडको प्याज, ४४ लाखको गोलभँेडा, दुई करोडको सागपात हरियो तरकारी, ४७ लाख मूल्यको केराउ भित्रिएको थियो । नेपालगञ्ज नाकाको वैधानिक भन्सार भएरबाहेक आम नागरिकले आफैँ रुपैडिया पुगेर दैनिक ठूलो परिमाणमा तरकारी भित्राउने गरेका छन् । गोरखापत्र

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments