अदुवाको मूल्य अहिलेसम्मकै उच्च, २५ रूपैयाँमा पाइने अदुवा २२० सम्ममा पुग्याे

खोटाङ: कृषकले खेती गर्न छाडेपछि यस वर्ष जिल्लामा अदुवाको मूल्य अहिलेसम्मकै उच्च भएको छ । विगतका वर्षहरुमा प्रतिकेजी रु २५ देखि ३० मा पाइने अदुवा यस वर्ष मूल्य बढेर प्रतिकेजी रु २०० देखि २२० सम्ममा खरीद तथा बिक्री भइरहेको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेलबजारमा शनिबार र बुधबार लाग्ने हटियामा अदुवा किन्नेको तछाडमछाड नै चल्ने गरेको छ । अदुवा मसलाका रुपमा प्रयोग गरिन्छ । विकसित शहरमा अदुवाबाट केण्डी, सुठो, जुसलगायत विभिन्न परिकार बनाइए पनि यहाँ प्रविधिको अभावमा मसलाका रूपमा मात्रै प्रयोग गरिन्छ । आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको जिल्लामा अदुवालाई मसलाका साथै पितृकार्यमा समेत प्रयोग गर्ने गरिएको छ ।

पछिल्ला दुई वर्षयता हाटबजारमा अदुवा नपाएपछि पितृकार्यमा प्रयोग गर्नसमेत समस्या भएको जिल्लावासीले बताएका छन् । जिल्लाका किराँत, राई र मगर समुदायले पितृकार्यमा अदुवा प्रयोग गर्ने गरेका छन् ।

आफूले उत्पादन गरेको अदुवा बिक्री नभएपछि विगत दुई वर्षदेखि खेती नै गर्न छाडिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका अगुवा कृषक धर्मराज राईले बताउनुभयो । “यसअघि उद्योग वाणिज्य सङ्घले खरीद गर्ने भनेर अन्य सबै खेती छाडेर अदुवाखेती गरियो”, उहाँले भन्नुभयो, “पछि आएर वाणिज्य सङ्घले खरीद नगरेपछि कुहिएर नष्ट हुँदा अहिले खेती नै गर्न छाडियो ।”

कृषकका अनुसार दुई वर्षअघि उद्योग वाणिज्य सङ्घले खरीद नगर्दा एक कृषकको कम्तीमा पनि चार÷पाँच क्विन्टल अदुवा कुहिएर खेर गएको थियो । सो समयमा वाणिज्य सङ्घले अदुवा प्रशोधन गरेर व्यावसायिक रुप दिन सङ्ग्राम राईको अध्यक्षतामा अदुवा व्यवसायी सङ्घसमेत गठन गरेको थियो ।

जिल्लाका अदुवा उत्पादक कृषकलाई समेटेर व्यवसायी सङ्घ गठन गरेपछि उत्साहित कृषक उत्पादन गरेको अदुवा बिक्री नभएपछि निराश बनेका थिए । जिल्लामै प्रशोधन केन्द्र खोल्ने हल्ला सुनेपछि बिगतभन्दा बढाएर खेती गरेका कृषक उत्पादन गरेको अदुवा बिक्री नभएपछि निराश बनेका हुन् ।

यसअघि आफूले उत्पादन गरेको अदुवा रु १० मा पनि बिक्री नभएपछि खाडल खनेर पुरेको दिक्तेल–२ सोल्माका कृषक गङ्गाबहादुर विश्वकर्माले बताउनुभयो । “वाणिज्य सङ्घले खरीद गर्ने भनेको अदुवा जिल्लामा बिक्री नभएपछि केही बाहिर निर्यात गर्‍याैँ”, उहाँले भन्नुभयो, “बाहिर निर्यात गर्दासमेत फाइदा नभएपछि खेती नै गर्न छाड्यौँ ।” यहाँ अदुवा उत्पादनका लागि उपयुक्त भूगोल रहे पनि बिक्री नभएपछि कृषकले खेती गर्न छाडेका कृषि ज्ञान केन्द्रका प्रमुख दिनेशप्रसाद यादवले बताउनुभयो ।

“हावापानीका हिसाबले खोटाङ अदुवाका लागि उपयुक्त भूगोल छ”, उहाँले भन्नुभयो, “अदुवालाई प्रशोधन तथा बजारीकरण गर्न सकेमा जिल्लाकै आर्थिक उन्नतिमा सघाउ पुग्ने सम्भवाभना देखिन्छ ।” दुई नगरपालिका र आठ गाउँपालिकागरि दश स्थानीय तह रहेको जिल्लामा यसअघिसम्म सबै स्थानीय तहका कृषकले अदुवाखेती गर्दै आएका थिए । उत्पादन गरेको अदुवा बिक्रीका लागि सम्बन्धित निकायले कुनै चासो नदिएपछि खेती गर्न छाडेको कृषकहरुले बताएका छन् ।

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

1 thought on “अदुवाको मूल्य अहिलेसम्मकै उच्च, २५ रूपैयाँमा पाइने अदुवा २२० सम्ममा पुग्याे

Leave a Reply

Your email address will not be published. Required fields are marked *