नेपालको खरबुजा र मेवा दुबईमा निर्यात

काठमाडौं , नेपालबाट गोल्यान एग्रोले दुबईमा खरबुजा र मेवा निर्यात गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समन्वयमा गोल्यान एग्रोले बुधबार नेपालबाट फलफूल आयात गरेको हो ।

नेपालबाट बुधबार सात हजार किलो खरबुजा र १५ सय किलो मेवा दुबई पुगेको दुबईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

नेपालमा उत्पादित फलफूल तथा कृषिजन्य वस्तुहरू युएई आयातका लागि दूतावासले पहल गरिरहेको राजदूत ढकालले उल्लेख गरेका छन् ।

उक्त फलफूल गोल्यान एग्रो कम्पनीले निर्यात गरेको गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले बताए ।

विशेष गरेर निर्यातजन्य उद्योगहरुमा लगानी रहेको पुरानो व्यवसायिक घराना गोल्यान समूह पछिल्लो समय कृषिमा लगानी गर्नतिर लागेको छ ।

समूहका अध्यक्ष गोल्यानले केही वर्षयता कृषिमा निकै रुचि देखाएका छन् । उनकै सक्रियतामा झापाका विभिन्न ठाउँमा अर्गानिक कृषि फार्महरु सुरु गरिएका छन् ।अनलाइनखबर

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments