जुम्ली मार्सी चामलको भात खानुका फाइदा हेरौ

मार्सी चामल लामो इतिहास बोकेको फाइदाजनक अन्न हो । जुम्लालगायत हिमाली क्षेत्रमा खेती हुँदै आएको यो चामलको इतिहास झन्डै सात सय वर्ष पुरानो छ । संसारमा रातो रंगको चामलका दसभन्दा बढी प्रजाति छन् । जुम्लाको मार्सी चामल तिनैमध्ये एक हो ।

यसका लागि वातावरण माइनस चार डिग्री सेल्सियससम्म चिसो हुनुपर्छ । नेपालबाहेक भूटान, भारत तथा पाकिस्तानका हिमाली क्षेत्रमा यो धान पाइन्छ । धान पाक्न बढी समय लाग्ने भएकाले यसमा स्टार्च बढी हुन्छ ।

त्यही स्टार्चले मार्सी चामलको भात खाएपछि धेरै बेरसम्म पेट भरिएजस्तो हुन्छ, छिटो भोक लाग्दैन । मार्सी चामलको भात तुलनात्मक रूपमा लस्सेदार र स्वादिलो हुन्छ । मार्सी चामलको भातसँग अर्गानिक कालो दाल, मिक्स करी, अचार, साग, सलाद, दही तथा मासुको परिकार उपयुक्त मानिन्छ ।

विशेषता
* मार्सी धान उत्पादन गर्न किसानहरूलाई झन्डै आठ महिना लाग्छ । पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले मार्सी चामल स्वास्थ्यका लागि निकै उपयोगी छ ।
* मार्सी चामलमा फाइबरको मात्रा बढी हुने भएकाले शरीरमा चिनी र रक्तचापलाई नियन्त्रण गर्छ । मधुमेह र उच्च रक्तचापका बिरामीका लागि यसको सेवन एकदमै प्रभावकारी हुन्छ ।
* मार्सीमा चामलमा भन्दा बढी आइरन, स्टार्च र सेलेनियमको मात्रा हुन्छ । त्यस्तै अरूको तुलनामा लस्सेदार र स्वादिस्ट पनि हुन्छ ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments