यी हुन् गर्मीमा उपयोगी ७ फलफूल : जानिराखौ

गर्मी मौसम प्रारम्भ भएको छ । तात्तिएको मौसमका कारण काम गर्ने जोस–जाँगरमा पनि कमी आउँछ भने बिहान अबेरसम्म सुत्न मन लाग्छ । फलस्वरूप दिनको सुरुवात नै बोझिलो हुन्छ । कामका लागि दिनभर बाहिर हिँडडुल गर्नेहरूलाई गर्मीले अझ अप्ठ्यारो पार्ने गरेको छ । यस्तो अवस्थामा यात्रामा निस्कनसमेत गाह्रो हुन्छ । यस्तै विविध कारणले स्वास्थ्यमा समेत समस्या उत्पन्न हुनसक्छ । यस्तो गर्मीमा फुर्तिलो रहन खानपानमा विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ। गर्मी मौसममा फलफूल तथा सलाद खाँदा शरीरमा फुर्ती प्राप्त हुन्छ ।

यी फलफूल स्वास्थ्यका दृष्टिले समेत लाभदायक मानिन्छन् हेरौ :

१. मेवा
मेवा आँफैमा मिठो फल हो । गर्मी मौसममा मेवाको सेवन अमृत समान हुन्छ । र मेवा भिटमनि ए को प्रमुख स्रोत हो । साथै यसमा पोटासियम तथा क्याल्सियम तत्व पनि पर्याप्त पाइने भएकाले पेट तथा मुटु दुबैको लागि लाभदायी हुन्छ ।

मेवा बजारमा सहज रुपमा पाइने र गाउँघरमा पनि सहजै फलाउन सकिने सस्तो फल पनि हो । मेवामा भिटामिन बी पनि पर्याप्त पाइन्छ । यसले शरीरमा फोलिक एसिड, तथा भिटामिन बी का विभिन्न रुपहरुको सरीरमा कमी हुन दिँदैन ।यसमा पर्याप्त फाइबर पाइने भएकाले कब्जियत तथा अन्य पाचन प्रक्रिया सम्बन्धि समस्या समाधान गर्न मद्दत गर्छ ।

मेवाको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । मेवाको नियमित सेवनले कलेजोलाई स्वस्थ राख्नुका साथै छालालाई पनि सुन्दर तथा स्वस्थ राख्न मद्दत गर्छ ।मेवाको बियाँमा जिवाणु प्रतिरोधी गुण हुन्छ । मेवाको बियाँ पिँधेर घाउमा लगाउँदा घाउमा थप संक्रमण हुन दिदैन र घाउ छिटै निको हुन्छ । मेवामा प्रशस्त मात्रामा भिटामिन ए पाइने भएकोले यसको नियमित सेवनले आँखा तेजिलो बनाउँछ ।साथै यसले रगतलाई सफा पनि बनाउँछ ।

जन्डिसका बिरामीले मेवाको नियमित सेवन गर्नाले फाइदाजनक हुका साथै यसले कलेजोलाई क्रियाशील बनाउन मद्दत पनि गर्छ ।

२. आरु

यसले तौल नियन्त्रणमा पनि सहयोग गर्दछ । आरुमा ८० प्रतिशत पानी र फाइबरको मात्रा भरपूर पाइन्छ । यसमा क्यालोरीको मात्रा कम हुन्छ । आरुमा पाइने फाइबरको मात्रा पेट र कलेजोबाट टक्सिनलाई हटाउन सहयोग गर्दछ ।

आरुमा आवश्यक एन्टीअक्सिडेन्ट हुन्छ जसले वुढ्यौलीको प्रक्रियालाई स्लो बनाउँछ । यसमा भिटामिन सी भरपुर मात्रामा पाइन्छ जसले एन्टीअक्सिडेन्टको रुपमा काम गर्छ । यसले रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ ।

यसमा पाइने पोटासियम मृगौलाका लागि निकै फाइदाजनक छ । यो तपाईंको पिसाब थैलीका लागि क्लिंजिङ एजेन्टको रुपमा काम गर्दछ जसले हामीलाई मृगौलाको रोगबाट टाढा राख्छ। आरुमा पाइने क्याल्सियम र फस्फरोसले हड्डीलाई बलियो बनाउनुका साथै दाँतलाई पनि बलियो बनाउँछ ।

३. स्याउ

दैनिक एउटा स्याउ खाँदा डाक्टरकहाँ धाउनुपर्दैन भन्ने पुरानो आहान नै छ । अझ गर्मी मौसम मा स्याउ खानु एकदमै राम्रो मानिन्छ वास्तवमा स्याउ एकदमै स्वस्थकर खानेकुरा हो ।स्याउमा धेरै पानी र फाइबर हुन्छ ।त्यसैले यसलाई पूर्ण आहार बनाउँछ ।

स्याउमा एन्टीअक्सिडेन्ट, फाइबर र फ्लेभोनोइड प्रशस्त पाइनछन् । यसमा भएको फाइटोन्युट्रिएन्टले धेरैथरी फाइदा गर्छ ।

अझ यसमा भएका प्राकृतिक कम्पाउन्डले तौल घटाउन मद्दत गर्छ । स्याउमा सोलुबल फाइबर हुनाले मुटुरोगको सम्भावना घटाइदिन्छ र यसले कोलेस्ट्रोल स्तर पनि घटाउँछ । अझ, यसमा भएको पोलीफेनोलले रक्तचाप घटाउँछ ।

पेटको अग्न्याशय (प्यानक्रियाज) मा भएको बिटा सेलहरूको टिस्युमा क्षति पुग्नबाट बचाउनका लागि स्याउमा भएको पोलीफेनलले मद्दत गर्छ ।स्याउमा भएका प्राकृतिक कम्पाउन्डले क्यान्सरसँग लड्न मद्दत गर्छ । केही अध्ययनहरूले स्याउ र क्यान्सर घटाउने बीचको सम्बन्धलाई देखाएका छन् ।

स्याउमा भएको एन्टीइन्फ्लेमेटोरी तथा एन्टीअक्सिडेन्ट कम्पाउन्डले दमबाट बचाउँछ ।स्याउमा भएको फाइबरले राम्रो ब्याक्टेरिया जन्माउँछ र यसले शरीरलाई मोटोपना, टाइप टु मधुमेह तथा मुटुरोगबाट बचाउँछ । स्याउको रसले बुढ्यौली तथा मानसिक रोग हटाउँछ । यसले न्युरोट्रान्समिटर घटाउन रोक्छ । न्युरोट्रान्समिटरले हाम्रो स्मरणशक्तिलाई राम्रो बनाउँछ ।स्याउले हाडलाई पनि बलियो बनाउँछ ।

४. अंगूर:
अंगूर शरीरलाई शीतलता प्रदान गर्ने एक पौष्टिक तत्व भएको फल हो । यसमा प्रशस्त मात्रामा एन्टीअक्सिडेन्ट नामक तत्व पाइन्छ जसले मानसिक तनाव कम गर्नुका साथै शरीरमा भोक तथा प्यास मेटाउन मद्दत गर्छ ।

५. खरबुजा:
गर्मी मौसममा पाइने फल खरबुजा हो यसले शरीरमा शीतलता प्रदान गर्नुका साथै यसमा हुने तत्वले पेटसम्बन्धी समस्या (ग्याँस्ट्राइटिस, कब्जियत) बाट मुक्ति मिल्छ । यसको सेवनले शरीरमा थकाइको महसुस कम गर्छ ।

६.आँप:
आँपलाई फलफूको राजा भनेर चिनिन्छ । आँप खानु स्वास्थ्यका दुष्टिकोणले लाभदायी हुन्छ । यसले शरीरमा शक्ति पैदा गर्छ र आँपलाई २ देखि ३ घन्टासम्म पानीमा डुबाएर खानाले शरीरमा शीतलता प्रदान गर्छ ।

७. लिची:
गर्मी मौसममा पाइने फल मध्ये लिची पनि एक हो । यो बिशेष गरी ग्रीष्म ऋतुमा मात्र पाइन्छ । यसको सेवनले शरीरलाई शीतलता प्रदान गर्नुका साथै मस्तिष्कलाई चुस्त बनाइ राख्न मद्दत गर्छ ।

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments