बाख्रा पालन गर्ने सरल तरीका

बाख्रा एक प्रकारको स्तनधारी वर्गमा पर्ने घरपालुवा जनावर हो। बाख्रा बोभिड (Bovidae) परिवार अन्तर्गत पर्छन र यिनीहरू भेडाहरू सँग मिल्दाजुल्दा हुन्छन, यि दुबै क्याप्रिनेइ (Caprinae) सह-परिवार अन्तर्गत पर्दछन। बाख्रा पाल्तु जनावरहरू मध्ये धेरै उपयोगी मानिन्छ। बाख्रालाई मासु, दुध, ऊन र मलको लागी धेरै जसो किसानहरूले बाख्रा पालन गरेको पाइन्छ। बाख्राहरू विभिन्न प्रजातीको हुन्छन्।खरी, औले, तराई र सिन्हाल नेपालका रैथाने बाख्रा हुन्।नेपाल वाहिर का आयातित जात हरु मा जमुनापारि, बारबारी, सानन्, विटल, सिरोही र बोचर प्रमुख छन बिसेस गरि मासु तथा सुन्दर को लागि पालिन्छ |

1. कति बाख्रा चाहिन्छ चिज उत्पादन गर्न ?

साना जातका बाख्राले अन्य जातमा बाख्राले भन्दा बढी दूध दिन्छ । सानान बाख्रा साथै अन्य बाख्राको दूध आफ्नै फर्म वा गाउंका अन्य मानिसको बाख्राबाट संकलन गरेर चिज उत्पादन गर्न सकिन्छ । दैनिक ५० लि. भन्दा बढी दूध संकलन गर्न सके चिज उत्पादनमा सजिलो हुन्छ।

2. चित्लाङ्गको त्यस्तो व्यवसायीको नाम के हो ?
चित्लाङ्ग गा.वि.स.का श्री अशोक सिं ठकुरीले विदेशबाट यो सिप सिकेर नेपालमा बाख्राको चिज व्यवसायिक रुपमा उत्पादन गर्दै आएका छन्।बाख्राको चिज महंगोमा बिक्छ र प्रति के.जी. रु.२,०००- ३,००० मा बिक्री गरिदै आएको छ।

3. बाख्राको दूधबाट चिज बनाउन सकिन्छ भन्छन् के नेपालमा यस्तो प्रचलन छ ?

बाख्राको दूधबाट बनेको चिज धेरै गुणस्तरीय मानिन्छ । चित्लाङ्ग बाख्रा फार्म र स्थानीय एक व्यवसायीले बाख्राको चिज उत्पादन गर्दै आएका छन् ।

4. कस्ता/कस्ता विवरणको अभिलेख राख्नु आवश्यक हुन्छ ?

बाख्राको प्रजनन, बाख्राको आहार, बाख्राको स्वास्थ्य सम्बन्धि उपचार एवं खोपको तालिका आय-व्यय खर्चको अभिलेख अनिवार्य राख्नु पर्छ ।

5. बाख्रापालन व्यवस्थामा अभिलेख राख्नु के आवश्यक हुन्छ ?

व्यवसायमा लागेको लगानी र त्यसबाट निस्केको आम्दानीको हर हिसाबको अभिलेख राख्नु सफल व्यवसायीको प्रमुख जिम्मेवारी हो ।

6. अचानक बाख्राको पेट फुल्ने र छटपटाउने गरेमा कस्तो उपचार गर्नु पर्छ ?

i. सबै भन्दा नजिकको प्राविधिकसंग सहयोग लिने,
ii. २०-३० ग्राम टिम्पोल खान दिने,
iii. आलसको तेल ५० मि.लि.र तारपिनको तेल १५ मि.लि. मिसाएर पिलाउने,
iv. एभिल सुई २.५ मि.लि.सुई लगाउने ।
7. बाख्राले कुनै विषादी खाएर विरामी भएमा कसरी तुरुन्त उपचार गर्ने ?

प्राविधिकसँग सकेसम्म छिटो सल्लाह लिएर उपचार गराउने । म्याग्नेसियम सल्फेट १०—३० ग्राम अवस्था अनुसार पानीमा घोलेर पिलाउने ।

8. आन्तरिक परजीवीलाई रोकथाम गर्न कस्तो उपाय अपनाउनु पर्छ ?

वर्षमा दुई पल्ट आन्तरिक परजीवीको उपचारका लागि दिइने (एन्टलमेन्थिक) औषधी बथानमा रहेका सबै माउ बाख्रा, पाठाहरुलाई नियमित रुपले दिनु पर्छ ।
9. साधारणतया बाख्रामा लाग्ने आन्तरिक परजीवीहरु (Internal Parasite) के के हुन ?
प्रमुख परजीवीहरु हुनः
• नाम्ले जुका • फित्ते जुका
• गोलो जुका • फोक्सोमा पाईने जुका
•कक्सिडियोसिस (रातो छेर्ने रोग)
10. सामान्यतया बाख्रामा लाग्ने बाह्य परजीवीहरु के के हुन ?

बाख्रामा जुम्रा, उपिया, किर्नी, लुतो जस्ता बाह्य परजीवीले दुःख दिन्छ । कमजोर बाख्रा –पाठा र फोहोर गोठहरुमा यस्ले बढी प्रभाव पार्छ ।
11. बाख्रामा लाग्ने प्रमुख सरुवा रोगहरु के हुन ?

बाख्रामा लाग्ने मुख्य सरुवा रोगमा पि.पि.आर. हो । तर खोरेत, लुतो, माउलो आदिले पनि दुःख दिन्छ ।
12. सरकारी सहयोग पाउन बाख्रा पालन व्यावसाय दर्ता गर्नु पर्छ ?

पर्छ । जिल्ला पशु सेवा कार्यालय, सहकारी कार्यालय वा मान्यताप्राप्त अन्य निकायबाट व्यावसायिक बाख्रापालन दर्ता गरेको हुनु पर्छ ।
13. व्यावसायिक बाख्रा पालन गर्दा सरकारबाट कुनै सहुलियत पाइन्छ ?

व्यावसायिक रुपमा बाख्रा पालन गर्ने कृषक, युवा, समूह, सहकारीका बाख्रापालकलाई गोठ सुधार, बाख्रा खरिद तालीम आदि कार्यमा सहयोग गर्दछ । सम्बन्धित जिल्ला पशु सेवा कार्यालयबाट प्राप्त हुने सहयोग वारे जानकारी लिनु पर्दछ ।
14. वीमाको प्रिमियममा सरकारी सहुलियत के छ ?

कृषि विमा गर्दा (बाख्रा, गाई) वीमा कम्पनीलाई तिर्नु पर्ने प्रिमियममा ७५ प्रतिशत सरकारबाट सिधै कृषकले अनुदान पाउँदछन्।
बाख्रा, बोका तथा बाख्रा खोर/गोठको वीमा हुन्छ ?

बोका बाख्रा तथा गोठको पनि निर्जिवन वीमा कम्पनीहरुले वीमा गर्दछ, एनएलजी, शिखर, प्राइम, सगरमाथा जस्ता १७ निर्जिवन कम्पनीबाट यो सुविधा लिन पाइन्छ।
16. बाख्रा पालनमा अभिलेख (Record Keeping) को कस्तो महत्व छ ?
बाख्रा पालनमा रेकर्डको ठुलो महत्व हुन्छ । पाठा / पाठी उत्पादन, खसी बोका, दाना औषधि सवैको अभिलेख राख्नु पर्छ ।
17. बाख्रामा लाग्ने ६ मासे रोग के हो ?

बाख्राको पेटमा हुने जीवाणु (Bacteria) को विष (Toxin) बाट खासगरी १ वर्ष मुनिका पाठा / पाठीमा लाग्ने रोग हो । नियमित खोप लगाएर यो रोगबाट पाठा / पाठीलाई बनाउनु पर्छ।
18. बाख्राको खुर कुहिने रोग Footrot भनेको के हो ?
भेडा बाख्रामा जीवाणु (Bacteria) बाट लाग्ने खुर कुहिने रोग नेपालबाट उन्मुलन भइ सकेको छ।
19. बाख्रालाई बहुलाएको कुकुरले टोक्यो के सुई लगाउनु पर्छ ?

शंकास्पद कुकुरले टोकेमा Antirabies खोप प्राविधिकको सल्लाहमा ३-५ पल्ट लगाउनु पर्छ ।
20. के बाख्रामा कृत्रिम गर्भाधान हुन्छ ?

अनुसन्धान कार्यक्रम तथा केही प्रोजेक्टहरुले बाख्रामा कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउदै आएको छ तर गाई/भैंसीमा जस्तो व्यापक र सफल छैन ।
21. बाख्राको प्रजनन् सिजन के हो ?

बाख्राको खासै प्रजनन् सिजन हुदैन । पोषण तत्वहरुले भने प्रजननमा असर पार्दछ।राम्रोसंग हरियो घाँस र दाना पाउने बाख्रा २ वर्षमा ३ पल्ट व्याउने हुन्छ ।
22. बाख्राको लागि (दाना) आहारको कस्तो वन्दोवस्त हुनु पर्छ ?
व्याउने माउ र व्याई सकेको माउलाई २००–५०० ग्राम सन्तुलित दाना दिनु पर्छ ।
23. बाख्राको लागि घाँस खेति पनि गर्नु पर्छ ?

व्यावसायिक रुपमा बाख्रा पालन गर्दा घाँस खेति आवश्यक हुन्छ । स्टाइलो, वसिम, भटमासे, जौ, वोडी घाँस लगाउनु पर्छ । डाले घांसको पनि व्यवस्था गर्नु पर्छ ।
24. व्यवसायिक बाख्रा पालनको लागि राम्रो जातको माउ बाख्रा/बोका कहाँ पाइन्छ ?
स्थानीय स्तरमा पाइने माउ बाख्रा छनौट गर्नु सवभन्दा राम्रो हो।जमुनापारी/वारवेरी र क्रस बाख्रा सरकारी बाख्रा फार्मबाट पनि पाउन सकिन्छ ।निजी बाख्रा विकास फार्महरु पनि राम्रो श्रोतकेन्द्र हुन सक्छ ।
25. बोकालाई खसी बनाउन कुन उमेर राम्रो हुन्छ ?
३ महिना वा सो भन्दा माथिको बोकालाई खसी बनाउनु ठीक हुन्छ ।

26. के बाख्रा दूध उत्पादनको हिसावले पनि महत्वपूर्ण हुन्छ ?

• बाख्राको दूध गाईको जस्तै स्वस्थ्य र राम्रो हुन्छ,
• दूधको लागि पनि बाख्रा पालिन्छ ।
• बाख्राको चिज उच्च मूल्यमा बिक्री हुन्छ ।
27. कस्तो बोका व्याडको लागी छान्नु पर्छ ?

स्वस्थ्य, सल्लक परेको, राम्रो संग छिटो छिटो वढने, दुई दुई पाठापाठी दिने माउको पाठो ब्याडको लागि छनौट गर्नु राम्रो हुनेछ । हलक्क बढ्ने बोकालाई खरी बनाउने होइन, ब्याडको लागि राख्नु पर्छ ।
28. बाख्राले मन पराउने डाले घाँसहरु के के हुन् ?

• इपिल इपिल, कुटमेरो, दवदवै, खनिउ, टांकी, किम्वु आदि हुन् ।
• स्थानीय ठाउंमा पाईने राम्रा डालेघांस छनोट गर्नु पर्छ ।
29. चरन डाले घाँसको व्यवस्था कस्तो चाहिन्छ ?

• चरन, नजिक र पोषिलो घाँस भएको क्षेत्र राम्रो हुन्छ ।
• चरण क्षेत्रबाट विषादी घाँसको प्रजाति हटाउनु पर्छ ।
• डाले घाँसको राम्रो व्यवस्था मिलाउनु पर्छ ।
30. बाख्राको खोर कस्तो हुनु पर्छ ?
जमिन भन्दा ३–५ फिट माथि उठाई बाख्रा बस्ने मिल्ने खोर बनाउनु पर्छ । स्थानीय काठ,वांस वा अन्य निर्माण सामाग्री प्रयोग गरी गोठ बनाउन सकिन्छ ।

31. कुन जातको बाख्रा पाल्नु राम्रो हुन्छ ?

स्थानीय खरी बाख्रा – जुम्ल्याहा पाठा / पाठी दिने माउ राम्रो हुन्छ । वोएर / जमुनापारी, वारवेरी जातको क्रस बाख्रा पनि राम्रो छ । स्थान अनुसार बाख्रा छनोट प्राविधिकको सल्लाहमा गर्नु पर्छ।
32. कति बाख्रा पालेर व्यावसायिक बाख्रा पालन शुरु गर्नु राम्रो हुन्छ ?
कम्तीमा २० माउ बाख्रा र १ बोकाबाट व्यावसायिक फार्म शुरु गर्न सकिन्छ तर चरन/ घाँसको उपलब्धतामा ध्यान दिनु पर्दछ ।

33. कस्तो उमेरको बाख्रा किनेर गोठ शुरु गर्नु राम्रो हुन्छ ?
६ महिनादेखी १ वर्ष उमेर भएको स्वस्थ्य पाठी वा पहिलो वेते माउ बाख्रा छान्नु राम्रो हुन्छ ।

34. कति संख्याको माउ बाख्रा भएको बथानमा बोकाको कति हुनु पर्छ ?

बीस माउ बाख्राको बथानमा एक राम्रो गुणस्तरको बोका आवश्यक हुन्छ ।

35. बाख्रा फार्म शुरु गर्न के के कुरामा ध्यान दिनु पर्छ ?

स्थानीय क्षेत्रमा चरन, वनको घांसको उपलव्धता । बाख्राको श्रोत एवं वजारको अवस्थामा ध्यान दिनु पर्छ।

36. आन्तरिक परजीवी (गोलो जुका,फित्ते जुका, नाम्ले) गोठमा फैलिए उपचार कसरी गर्ने ?

डिस्टोडिन १–२ चक्की वा मवेण्डाजोल वोलस आधा चम्ची वा पानकुर २५–७५ मि ग्रा. शारीरिक तौल अनुसार खुवाउने । प्राविधिकको सल्लाहमा औषधी दिने ।
37. बाख्रामा लाग्ने किर्ना ,जुम्रा, लुतो जस्ता वाह्य परजीवीहरु नियन्त्रण कसरी गर्ने ?

गोठ/गोठका धेरै बाख्राहरुलाई एकैपटक उपचार गर्न ०.५ प्रतिशत मालाथियन वा साएथियन झोल दबाई बनाएर सबै बाख्रालाई पालैपालो डिपिङ टेङ्कमा डुबाउने।एक दुई बाख्रामा हो भने सफा गरेर टेटमासोल सावुनले धुने र गोल्डेन सोलुसन लगाउने ।
38. पी.पी.आर. को खोप कहाँबाट पाउन सकिन्छ ?

जिल्ला पशु सेवा कार्यालय वा पशु सेवा केन्द्रबाट पी.पी.आर.खोप निःशुल्क उपलब्ध हुन्छ।

39. बाख्राहरु अचानक धेरै मर्ने ,उच्च ज्वरो आउने, छेर्ने, मुख र जिव्रोमा घांउ देखिने खोक्ने लक्षण देखिए कस्तो रोग हो त्यो ?

i. पी.पी.आर.(PPR) रोगको लक्षण हो,
ii. तीन महिना पुगेको पाठा/पाठी र माउहरुमा PPR खोप लगाउनु पर्छ ।
iii. एण्टिबायोटिक सुई/ट्यावबाट उपचार गराउनु पर्छ ।

40. बाख्राको मुख वरिपरी घांउ देखिने पिप्रा बगेर कान ,जिब्रो तर्फ पनि बढेकोमा के गर्नु पर्ला ?

मुख वरिपरि घांउ आउने रोगलाई मुआलो (इचा) भनिन्छ।यो विषाणु वाट लाग्ने रोग हो, घाउलाई एण्टीसेप्टिक औषधिले सफा गरेर एण्टिवायोटिक ट्यावलेट वा सुई ७ दिन सम्म लगाउनु पर्छ ।

41. बाख्राले छेर्ने, नखाने र दुव्लाउदै जाने हुदाँ के गर्नु पर्ला ?

i. नाम्ले रोग लागेर यस्तो भएको हुन सक्छ , प्राविधिकको सल्लाह लिने ।
ii. जेनिलज्यान (Oxyclozanide) – १०–३० मि.लि. तौल अनुसार दिने ।
iii. फ्यासिनेम्स २५० मि.ग्राम ट्याव – २ दिन सम्म दिने ।

42. बाख्राहरुले खोक्ने सिंगान बगाउने गर्दा के गर्नु पर्ला ?

i. कफगो पाउडर १० ग्राम दिनमा दुई पल्ट खान दिने ।
ii. एण्टीवायोटिक टेवलेट २५० मि.ग्रा दैनिक खान दिने ।
iii. प्राविधिकको सल्लाह लिने ।

43. बाख्राले छेर्ने / सिंगान बगाउने लक्षण देखाएमा के गर्नु पर्ला ?
i. नेबलोन पाउडर १०–२० ग्राम दिनमा दुई पल्ट खान दिने ।
ii. एण्टीवायोटिक टेवलेट २००–४०० मि.ग्रा.सात दिन सम्म खान दिने ।
iii. प्राविधिकको सल्लाह लिने ।

44. बाख्राले राम्रोसंग मन लगाएर नचर्ने/नखाने हुदा के गर्नु पर्ला ?
i. गोवर परिक्षण गराई जुका परेको छ, छैन हेरी प्राविधिकको सल्लाहमा औषधि दिने ।
ii. खाना रुची वढाउने औषधिहरु जस्तै – हिमालयन वतिसा, रुचामेम्स १५–३० ग्राम दैनिक एक हप्ता सम्म दिने ।
iii. रुमेन्टोन/एनोरेकसोन ट्याव एक चौथाई दुई पल्ट दिने ।

45. बाख्रा बाली नजाने समस्या पर्दा के गर्नु पर्ला ?
बाख्राको स्वास्थ्य राम्रो छ र पाठो हुर्किएको छ तर बोका नखोजेमा
i. नजिकको भेटेनरी प्राविधिकसंग सल्लाह लिई उपचार गराउने ।
ii. नुन र पोसिलो दाना वढाउने ।
iii. पुजना वा वझत्र १ ट्यावलेट खान दिने ।

46. ब्याएको बाख्राको पाठा/पाठीलाई दूध कम भएमा के गर्ने ?
पाठा/पाठी हुर्काउनलाई माउको दूध नपुग्दा वा माउ मरेमा गाई/भैंसीको दूध दैनिक बिहान, दिउँसो, वेलुका पाठा/पाठीको शारिरीक तौल अनुसार ५०–१०० मि.लि. पिलाउने ।

47. बाख्राको माउ छनौट कसरी गर्ने ?
जुम्ल्याहा वा सो भन्दा वढी पाठा/पाठी ब्याउने ।
पाठा/पाठीलाई दूध पुर्यााई हुर्काउने ।
देख्नमा स्वस्थ्य र ठुलो कल्चौडा भएको ।
दुई वेतको अन्तराल कम हुने माउ छनौट गर्नु पर्छ ।

48. अहिले नयाँ जातको अफ्रिकी बाख्रा राम्रो छ भनिन्छ नि ?

हो, दक्षिण अफ्रिकाको वोएर (Boer) जातको बाख्राको माग राम्रो छ।छिटो शारिरीक वृद्धि हुने र बढने भएकोले किसानले मन पराएको हो । तर सरकारी स्रोतबाट अझै सिफारिश भैसकेको छैन, अनुसन्धानको क्रममा छ ।

49. नेपाल सरकारबाट सिफारिश भएका बाख्राका विकासे जात के के हुन ?
नेपाल सरकारबाट सिफारिश भएका बाख्रामा जमुनापारी, बारबेरी, विटल, सानान, प्रमुख पर्दछन ।

50. नेपालमा पालिने स्थानीय बाख्राको प्रमुख जातहरु के के हुन ?
नेपालको स्थानिय बाख्रामा – पाहाडी क्षेत्रमा खरी बाख्रा, हिमाली क्षेत्रमा च्याङग्रा, सिन्हाल प्रमुख हुन् ।तराइको क्षेत्रमा तराई बाख्रा प्रचलित छ ।

:एग्रोमार्ट

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments