दैनिक तीन लाख लिटर दूध खेर

दूध उत्पादन

काठमाडौँ: बन्दाबन्दीका कारण दैनिक तीन लाख लिटर दूध खेर गएर दैनिक डेढ करोड रुपियाँ नोक्सानी भएको भन्दै सहकारीहरूले राहतको माग गरेका छन् । सोमबार सङ्घीय संसद्को अर्थसमितिको बैठकमा सहकारी अगुवाहरूले उत्पादन बिक्री नहुँदा निकै समस्या भएको बताएका छन् ।

कोराना नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण सहकारी क्षेत्र निकै प्रभावित भएको राष्ट्रिय सहकारी महासङ्घ नेपालले जनाएको छ । बन्दाबन्दी खुलेपछि पनि तरलताको अभावले अधिकांश सहकारी समस्यामा पर्ने महसङ्घको दाबी छ ।

महासङ्घले अर्थ, कृषि र भूमिसुधार मन्त्रालयको ध्यानाकर्षण गराइसकेको छ । संसदीय समितिको बैठकमा महासङ्घले आफूहरूका समस्याबारे ध्यानाकर्षण गराएको महासङ्घका अध्यक्ष मीनराज कँडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “मुख्यगरी कृषि तथा बचत सहकारी मारमा परेका छन्, उत्पादन बिक्री भएको छैन । बैङ्कको किस्ता र ब्याज तिर्न नसक्ने अवस्थामा सदस्यहरू पुगेका छन् ।”

महासङ्घका अनुसार दूधमा दैनिक डेढ करोड रुपियाँ नोक्सानी छ । छ लाख किलो चिया खेर गएको छ भने दुई हजार मेट्रिक टन मह उत्पादन रोकिएको छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments