सानो पाईलाले सुरु गर्यो आइसोलेसनमा रहेका बिरामीहरु पोषणयुक्त खाना र खाजाको व्यवस्था

वीरगञ्ज : वीरगञ्जका कोरोना संक्रमितले पोषिलो खाना र खाजा पाउन थालेका छन् । सानो पाइला नामक एक सामाजिक संस्थाले अस्पतालमा उपचाररत संक्रमितहरुलाई पोषिलो खाना र खाजा सोमबार बिहानदेखि खुवाउन सुरु गरेको हो ।

अस्पतालको आइसोलेसनमा रहेका बिरामीहरुले पोषणयुक्त भोजन नपाएको गुनासो आएपछि उक्त संस्थाले पोषणयुक्त खाना र खाजा खुवाउन सुरु गरेको हो ।

सानोपाइला बिहानको खाजामा दुई वटा रोटी, आलुको भुजिया, एउटा अण्डा, एउटा स्याउ, अंगुर र एक गिलास दूध खुवाएको नारायणी अस्पतालको आइसोलेसन कक्षमा उपचाररत संक्रमित पत्रकार सुरेश विडारीले जानकारी दिए । पोषिलो खाजा र खानको व्यवस्थापन सानो पाइलाले गरेको हो ।

अस्पतालमा रहेका बिरामीहरुले पोषणयुक्त भोजन नपाएको गुनासो आएपछि त्यसको व्यवस्थापन गर्ने जिम्मेवारी सानो पाइलाले लिएको थियो ।

संक्रमित बिरामीले पोषणयुक्त भोजन नपाएको गुनासो गर्दै अस्पतालमा उपचाररत एक जना संक्रमित पत्रकारले चाउचाउ खाएर हामी कोरोनासँग लड्दैछौं भनेर स्वास्थ्यमन्त्रीलाई पत्र लेखेको समाचार समेत सार्वजनिक भएको थियो ।

सानो पाइलाका प्रमुख कार्यकारी अधिकृत कञ्चन झाले आइसोलेसन कक्षमा रहेका बिरामीहरुलाई खाना र खाजा खुवाउने मौका दिएकोमा सबै प्रति धन्यवादसमेत व्यक्त गरेका छन् ।अधिकृत झाका अनुसार नारायणी अस्पतालमा रहेका ७१ र सिद्धार्थ माविको आइसोलेसन कक्षमा रहेका २५ जना संक्रमितहरुलाई खाना तथा खाजाको व्यवस्था गरिएको हो ।

बिहान ७.३० बजे नास्ता, दिउँसो १२ बजे खाना, मध्यान्न ४ बजे खाजा र राति ८ बजे खानाको व्यवस्था गरिएको छ ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments