कसरि गर्ने ड्रागन खेती ? ड्रागन फलको फाइदा : जानिराखौ

ड्रागन खेती

ड्रागन फल नेपालमा भित्रिएको त्यति लामो समय भएको छैन । तर, यसको लोकप्रियता भने छोटो समयमै चुलिएको छ । यो फल देख्दामा जति आकर्षक हुन्छ त्यत्तिकै स्वादिष्ट पनि । यसबाट प्राप्त हुने फाइदाले महंगो मूल्यलाई बिर्साइदिन्छ ।

ड्रागन फलको खेती गर्न त्यति गाह्रो छैन । तराईदेखि उच्च पहाडी भेगमा पनि यसको खेती गर्न सकिन्छ । समुन्द्री सतहदेखि करिव तीन हजार मिटसम्मको उचाईमा ड्रागन उत्पादन सम्भव छ । सुक्खा ठाउँबाट पनि यसको फल प्राप्त गर्न सकिन्छ ।

ड्रागनको बोटले थुप्रै वर्षसम्म उत्पादन दिने गर्छ । एउटा फलको तौल १ सय ५० ग्रामदेखि १ किलोसम्मको हुन्छ । काठमाडौं, पोखरा चितवनलगायतका नर्सरीमा यसको विरुवा उपलब्ध छ । घरको छत तथा करेसावारीमा समेत बिरुवा रोप्न सकिन्छ । फूल फुलेको ४५ दिनमा यसको फल तयार हुन्छ । जेठदेखि असोज-कात्तिकसम्म फुल फुलिरहन्छ । यसले राम्रो उत्पादन दिने भएकाले खेती गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ ।

कस्तो फल हो ड्रागन ?

दक्षिण अमेरिकाको मेक्सिकोबाट उत्पत्ति भएको यो फल सिँउडी प्रजातिमा पर्छ । यसको बैज्ञानिक नाम ‘हाइलोसेरुस अन्डटुस’ हो । यसलाई पितया, मुन लभर्स, रात कि रानी, रात कि घन्टी, क्यान्डेरेला लगायतको नामले पनि चिन्ने गरिन्छ ।

खेती गरेका दुई वर्षमा फल लाग्न शुरु गर्छ । यो फल नेपाली बजारमा प्रतिकिलो एक हजारदेखी १२ सय रुपैयाँसम्ममा विक्छ । तर, मागअनुसार यसको आपूर्ती हुन सकेको छैन ।


व्यावसायिक ड्रागन फल खेतीको लागि पोल निर्माण रेखांकन र बिरुवा रोप्ने तरिका :

ड्रागन फलको बिरुवा १.५ मिटर अगलो हुने भएकोले अडयाउनका लागि तेही अनुसारको पोल बनाउनु पर्दछ ।
पोल बनाउदा साइज २ मिटर र बिचमा २ – ३ वटा रड राखी अलि बलियो किसिमको बनाउनुपर्छ ।

रेखांकन :
राम्ररी खनजोत गरि सकेपछी ।
लाइन देखि लाइनको दुरी २ . ५ मिटर र बोट देखि बोटको दुरी २ मिटर हुने गरि रेखांकन गर्नु पर्दछ ।
यसरी बिरुवा लगाउदा १ हेक्टरम २००० पोल र प्रती पोल ३ वटा बिरुवा लगाउदा ६००० बिरुवा र ४ वटा लगाउन ८००० बिरुवा लागदछ ।

बिरुवा रोपन :
पोललाई जमिनमा ३०- ४० से.मी. गाडेर दरो किसिमले अडयाउनु पर्छ ।
प्रत्येक पोलको वरिपरि ३० से.मी. को फरक पारी ३ -४ वटा बिरुवा रोप्नुपर्छ ।
बिरुवा रोप्दा जति भाग पोली ब्यागमा बिरुवा गडेको छ त्यसै अनुसार गाडनुपर्छ र बिरुवा लाई केही पोलतर्फ ढल्काएर रोप्नुपर्छ ।
बिरुवा सारीसकेपछी हल्का सिचाइ गरि छापो हालदिनुपर्छ ।

फल एक, उपभोग अनेक

*यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी डि्रंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ । यसबाट केक पनि तयार पार्न सकिन्छ । गर्मी मौसममा लस्सी बनाएर खान सकिन्छ ।

* ड्रगनको मुन्टाको तरकारी निकै स्वादिष्ट हुन्छ ।
* यो फल सलादको रुपमा पनि प्रयोग हुन्छ । बिभिन्न स्विट परीकारमा निकै उपयोगी हुन्छ ।

ड्रागन फलको फाइदा

– छालासम्बन्धि विभिन्न रोग निको पार्नका लागि ड्रागन फलले सहयोगी भूमिका निर्वाह गर्छ । यसले कपाललाई पनि फाइदा पुर्‍याउँछ ।

– यो फल गर्भवती महिलाको लागि अत्यन्तै लाभदायक हुन्छ ।

– कोलस्ट्रोल, उच्च रक्तचाप नियन्त्रणमा पनि यसले भूमिका निर्वाह गर्छ । यसले कब्जियतको समस्यालाई समेत निको पार्छ ।

– क्यान्सरको सम्भावनाबाट टाढा रहनका लागि पनि यो फल सेवन गर्दा हुन्छ ।

– यस फलले तौललाई सन्तुलनमा राख्ने काम पनि गर्छ ।

– मजबुत हाड र दाँतको लागि ड्रागनको फल उपयोगी हुन्छ । साथै यसले शरीरमा सेल उत्पादनमा पनि मद्दत पुर्‍याउँछ ।

– बढ्दो उमेरका बालबालिकाका लागि यो फल निकै उपयोगी हुन्छ । यसले शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण टेवा पुर्‍याउँछ । आँखाको दृष्टिका लागि पनि यो उपयोगी फल हो ।

Subscribe
Notify of
guest

5 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments