चैते धानको बाला सुक्ने समस्याले किसान चिन्तित

झापा: झापाको गौरादह नगरपालिका–४, मजुवाकी किसान बालिका दाहालले एक बिघा क्षेत्रफलमा चैते धान लगाउनुभएको छ । रोपिएको धानको बाला लपक्क नुहिएको पनि थियो । फलाइ हेर्दा धान राम्रो हुने आशा थियो तर नुहेको बाला अचानक सुक्न थाल्यो । पहिलो दिन एक÷दुईवटा मात्र बालामा यस्तो समस्या आएको थियो । दोस्रो दिन दुई तिहाइ बाली त्यस्तै भयो । तेस्रो दिन त पूरै खेतको धानको बाला सुकेर सेतै भयो ।

उहाँको जस्तै यो क्षेत्रका लगभग १५ घरपरिवारले ५० बिघा क्षेत्रफलमा लगाएको धान अहिले यस्तै अवस्थामा पुगेको छ । चैते धान काट्न हँसिया बोकेर खेतमा जाने बेलामा किसान अहिले आगो बोकेर डढाउन जानुपर्ने अवस्था आएको सोही क्षेत्रका अर्का किसान पर्शुराम धमला बताउनुहुन्छ ।
थन्क्याउने बेलाको बाली खेतमा सुकेर गएपछि किसानमा चिन्ता थपिएको छ ।

यो क्षेत्रका अधिकांश किसानको चैते धानमा अहिले बाला सुकेर जाने समस्या आएको छ । धानको डाँठमा कालो हुने र त्योभन्दा माथिको भाग सुक्ने गरेको सोही स्थानका किसान मचिन्द्र कार्कीले जानकारी दिनुभयो ।

धानको गुभामै नौलो जातिको कीराले आक्रमण गरेको छ ।  धानको गुभोमा मसिनो सेतो रङको कीरा देखिएको छ । कीराले खाएपछि बोटको माथिल्लो भाग सुकेर बाला नै सेतो देखिन थालेको छ ।यहाँ अहिले ५० बिघा बढी क्षेत्रफलमा गरिएको धानको बालामा भुस मात्र फलेको छ । धानभित्र चामल नभएर भुस भएपछि यहाँका किसन चिन्तितब बनेका छन् ।

जतिमा लाग्यो लागिहाल्यो तर अब बाँकीमा नफैलियोस् भन्नका लागि सरकारले प्राविधिक रूपमा सल्लाह दिनुपर्ने र बालीको संरक्षण गरिदिन किसानले माग गरेका छन् ।

यस प्रकारको रोग गबारो कीराले लगाउने कृषि विकास निर्देशनालय प्रदेश १ की बाली विकास अधिकृत सरस्वती श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सुरुमा यो समस्या देखिनेबित्तिकै प्राविधिकलाई देखउन पाएको भए यसबाट हुने थप क्षति कम हुने थियो । उहाँले बाँकी बालीको संरक्षण गर्न यस्ता सुझाव दिनुभयो ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments