बन्दाबन्दीका समयमा पाल्पाका युवा कृषिमा सक्रिय

प्राङ्गारिक तरकारी

काठमाडौँ: बन्दाबन्दीका समयमा पाल्पाका युवा कृषिमा सक्रिय बनेका छन् । यहाँका विभिन्न स्थानमा तरकारी, फलफूल खेती तथा पशुपक्षी पालन गर्ने कृषकको संख्या बढेको छ ।

जिल्लामा व्यावसायिक फार्म दर्ता गर्ने तथा आफूखशी तरकारी खेती गरेर गाउँमै बिक्री हुने भएपछि यसप्रति आकर्षण बढेको हो । मौरी, कुखुरा, बङ्गुर, गाई, भैंसीपालन तथा मौसमी –बेमौसमी तरकारी खेतीमा युवाको आकर्षण देख्न सकिन्छ । तानसेन नगरपालिका–१४ अर्गलीका कृषक निर्मल राना बन्दाबन्दीका समय खेतबारीमै भेटिनुहुन्छ । करीब २५ रोपनी जग्गामा विभिन्न तरकारी खेती गर्नुभएका राना वर्षमा करीब रु २० लाख आम्दानी गर्नुहुन्छ । जिल्लामै उदाहरणीय कृषकका रुपमा परिचित रानाले २०७४ सालमा कृषि फार्म दर्ता गरेर खेती गर्दै आएको हो ।

बारीमा उत्पादित करेला, टमाटर, काँक्रालगायत मौसमी तथा बेमौसमी तरकारी बिक्रीका लागि बजारको समस्या नभएको रानाको भनाइ छ । रामपुर नगरपालिका –८ एक्लेटारमा नागिनी एग्रो एण्ड रिसर्च सेन्टर सञ्चालन गर्नुभएका नरनारायण अर्यालको गोठमा अहिले ५७ भैंँसी छन् । गत वर्षदेखि व्यवसाय थालेका अर्यालले यसअघि दैनिक २४० लिटरसम्म दूध बिक्री गरे पनि अहिले भने दाना र घाँसको माग भएजति पु¥याउन नसक्दा दैनिक चार लिटर दूध दिने भैंसीले जम्मा दुई लिटर दिने गरे पनि सन्तुष्ट छन् । करीब रु एक करोड ४० लाख लगानी गरेर भैंँसी पाल्नुभएका अर्याल राम्रो आम्दानी गर्न सफल भएको छ ।

जिल्लामा केही स्थानीय तहले युवालाई कृषिमा आकर्षण गर्न विभिन्न योजना अघि सारेका छन् । विश्व नै कोरोना भाइरसको महामारीसँग लडिरहेका बेला घरमै खाली समय बिताउनुभन्दा खेतबारीमा काम गर्दा समय बिताउन सहज हुने र आम्दानी पनि हुने कृषक बताउँछन् । निस्दी गाउँपालिकाबाट प्लाष्टिक टनेल निर्माण गर्न अनुदान पाएसँगै ६ हाइटेक टनेलमा लालबहादुर खन्गाहाले पनि टमाटर खेती गरिएको छ । विदेशबाट फर्केर गाउँमै तरकारी खेती थालेका खन्गाहाको यस वर्ष तरकारी बेचेरै करीब रु पाँच लाख कमाउने लक्ष्य छ । (रासस)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments