किसानलाई डिजिटल बनाइने : हात हातमा क्रेडिट कार्ड र एप्स

काठमाडौं : सरकारले विभिन्न जग्गामा फलफूलको विरुवा रोप्ने अभियान सञ्चालन गर्ने भएको छ । अगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री डा.युवाराज खतिवडाले अगामी वर्ष ७५ लाख फलफूलका बिरुवा उत्पादन गरि अभियानकै रुपमा वितरण गरिने बताउँदै उनले प्रत्येक स्थानीय तहमा नर्सरी स्थापना कम्तीमा १० हजार फलफूलका विरुवा उत्पादन गर्न प्राविधिक सहयोग उपलब्ध गराइने बताए ।

उपयोगविहिन सार्वजनिक जग्गा, सडक र राजमार्ग किनारा र उकासबाट प्राप्त हुने जमिनमा अभियानका रुपमा फलफूल र अन्य उपयुक्त खेती गर्न नीजि, सहकारी र सामुदायिक संघ–संस्थालाई प्रोत्साहित गरिने बताउँदै उनले यसका लागि आवश्यक बजेट पनि विनियोजन गरिएको बताए ।

उखु किसानका लागि उत्पादन परिणामका आधारमा दिइरहेको अनुदानलाई निरन्तरता दिनका लागि ९५ करोड रुपियाँ विनियोजन गरेको तर किसानको बक्यौता रकम कसरी भुक्तानी गराउने भन्ने बारेमा भने सरकार केही बोलेको छैन । बजेटमा किसान र उद्योगीहरुले भुक्तानी समस्याका समाधानका लागि केही समाधान हुने आशा गरेका थिए तर त्यस्तो कुनै कार्यक्रम आएन ।

त्यस्तै, कृषिमा दिँदै आएको सबै प्रकारको अनुदान पुनरावलोकन गरी संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी दोहोरो सुविधा नपर्ने गरी व्यवस्था मिलाइने बताइएको छ । कृषि ऋणमा सहज पहुँच पुर्याउनका लागि किसान क्रेडिट कार्डको शुरुवात गरिने मन्त्री खतिवडाले बताए । त्यस्तै, मौसम, बीउ विजन तथा मूल्य लगायतका विषयमा किसानलाई जानकारी दिनका लागि एप्सको व्यवस्था गर्ने पनि बताइएको छ ।

खेतीयोग्य जमिन भएका स्थानीय तहका सबै वडामा किसानलाई सूचिकृत गर्नका लागि कृषि स्वयंसेवक खटाइने कार्यक्रम पनि अघि सारिएको छ ।

सम्बन्धित समाचार :
कृषिलाई ४१ अर्ब ४० करोड विनियोजन : कस्तो लाग्यो बजेट?

कृषिमा ४१ अर्ब र सिँचाइमा २५ अर्ब बजेट

कृषि पकेट क्षेत्रका लागि ३ अर्ब २२ करोड बजेट विनियोजन

रासायनिक मलमा ११ अर्ब अनुदान, उखु किसानलाई ९५ करोड: बजेट प्रस्तुत

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments