बर्षौ पछि आलु खेतीमा रमाउदै स्याङ्जाका किसान

कृषिमा आधिुनिकीकरण गर्न नसक्दा उत्पादनमा कमी आएपछि आलु खेती गर्न छाडेका आँधीखोला गाँउपालिकाका किसान १५ वर्षपछि पुनः आलु खेतीमा रमाउन थालेका छन् ।

आलु खेतीको आवश्यक तालिम नपाएपछि आलुृ खेती नै गर्न छाडेका कृषकलाई आँधीखोला गाँउपालिकाले कृषिको प्राविधिक नै खटाई बजार व्यवस्थापनको जिम्मा लिने भएपछि यहाँका स्थानिय १५ वर्षपछि आलु खेतीमा फर्कने भएका हुन् ।

बाउ–बाजेको पालादेखि आलु खेती गर्दै आएको यो ठाँउमा गाँउपालिकाले माटो परीक्षण गर्दा आलु खेतीको लागि उपयुक्त ठानेपछि गाँउपालिकाले स्थानिय कृषकलाई ५० प्रतिशतको आधारमा बीउ प्रदान गरेको थियो ।

ढुवानी र बजारको पनि समस्या भएकोले किसानले खेती गर्न छाडेको भन्दै कृषकको उच्च मनोबल बनाउन ढुवानी र बजारको व्यवस्था पनि गाँउपालिकाले नै गरिदिने आँधीखोला गाँउपालिकाका प्रमुख सुधिर कुमार पौड्यलले बताउनुभयो ।

यता सामुहिक रुपमा आलु खेती सुरु भएसंगै कृषक पनि खुसी भएका छन् । रोजगारीको लागि गाँउ छोडेर शहर र विदेश पलायन हुनेको संख्या पछिल्ला केही वर्षयता बढेको थियो । अब गाउँमै नगदे बालीको रुपमा अभियान चलाई लगाइएको आलु खेतीले गाँउको विरासत पुनः फर्कने र रोजगारीका लागि शहर–बजार पसेका युवाहरु पनि गाँउ फर्कने स्थानीय कृषक मणि रत्न पौड्यलको भनाइ छ ।

आलु खेतीको सुरुवातसंगै भक्किम्ले, दत्तेलोटे, त्रिवेणी लगायत गाउँका ५४ घर परिवार लाभान्भित हुने भएका छन् । पहिलो चरणमा बाँझो रहेको ९० रोपनी क्षेत्रफलमा आलु खेती गर्न पालिकाले ४ हजार ५०० केजी आलुको बीउ कृषकलाई उपलब्ध गराएको थियो ।

यसरी माटो परिक्षण गरेर इतिहास नै फर्कने गरी लगाइएको आलुले उत्पादन दिन थालेपछि धेरै कृषको आमदानी बढ्ने देखिन्छ । अर्कोतिर कोरोना महामारीका कारण वैदेशिक रोजगारीबाट फर्केका युवासमेत आलुखेतीमा लाग्ने देखिन्छ । यो समाचार आजको news24 मा छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?