धानको पकेट क्षेत्रमा मलको हाहाकार, किसानहरु मर्कामा

किसान मोर्चा

गुलरिया : देशकै अन्न भण्डारको रुपमा चिनिने बर्दिया स्थित धानको पकेट क्षेत्रमा मलको हाहाकार छ । वर्षे तथा हिउँदे धानखेती गरिने राजापुर क्षेत्रमा रासायनिक मलको अभाव हुँदा किसान चिन्तामा छन् ।

किसान मलको लागि बिहानैदेखि लाइनमा लागे पनि मल नपाएर रित्तो हात घर फर्किनु पर्ने बाध्यता रहेको राजापुर नगरपालिका वार्ड नम्बर ४ निवासी छप्पुराम चौधरी बताउँछन् । ‘मल किन्ने ठाउँमा हात हालाहालसमेत हुन्छ’, उनले भने, ‘कृषि प्रधान देशमा राज्यले नीति बनाएरै मलको आपूर्ति गर्न सक्नुपर्छ अन्यथा कृषि प्रधान देशको नारा लगाउनु व्यर्थ छ ।’

किसानले माग गरेअनुसारको मल बजारमा नपाएको उनको भनाइ छ । उनले थपे, ‘किसानले युरिया मल खरिद गर्न खोज्दा सुपर नामको रासायनिक मल जर्वजस्ती भिडाउने गरिन्छ । जुन मल अग्लो क्षेत्रका धान खेतमा उपयुक्त हुँदैन । बर्दियामा ५० हजारभन्दा बढी क्षेत्रफलमा धानखेती गरिन्छ । जसमध्ये राजापुर क्षेत्रमा चैते तथा वर्षे धानखेती गरिन्छ तर आवश्यक बिउ, मल समयमै उपलब्ध नहुँदा किसानहरु मर्कामा पर्ने गरेका छन् ।’

गुलरिया नगरपालिका वार्ड नम्वर ४ स्थित तुल्सीपुरका किसान रुपेस चौधरी एक सातादेखि मल खोज्दै भौतारिएका छन् तर चाहिने जति मल पाउन सकेका छैनन् । बजार लगायत सहकारी डीपोमा मल खोज्दै हिंडे पनि मल नपाएको उनले बताए । ‘बजारमा मल अभाव छ। प्रर्याप्त मल पाइंदैन’, चौधरीले भने, ‘लकडाउनका बेला सामाजिक दुरीको समेत प्रवाह नगरी लाइनमा बस्यो पालो आउने बेला डीपोको स्टक सकिएर घर फर्किनु पर्छ ।’

किसान हुनुको पीडा पोख्दै उनले थपे, ‘सरकारले नगरका वडाबाटै मलखाद पाउने सुलभ व्यवस्था गरिदिनुपर्छ ।’ यस्तै कृषि अभावका कारण युवाको कृषिमा आर्कषण घट्दै जान थालेको उनको भनाइ छ । उनी मात्र होइन बर्दियाका हजारौं कृषकहरु यतिखेर मल नपाएर चिन्तित बनेको अवस्था छ । गुलरिया नगरपालिका वार्ड नम्बर ७ वदलुपुरका मुक्ती चौहान ५ दिनदेखि मलको खोजीमा हिँडेको तर १ बोरा मल पाउन नसकेको बताउँछन् ।

‘धानको बिउ महँगो छ, बजारमा मल छैन मल नपाउँदा धेरै समस्या भयो’, चौहानले भने, ‘धान, मकै, मेन्था, तरकारी लगायतका खेतीमा मलको धेरै आवश्यकता छ तर कतै मल पाएको छैन ।’ बर्दियामा वार्षिक करिब १२ हजार मेट्रिक टन रासायनिक मलको आवस्यकता पर्छ । तर सरकारले पुर्याउन सकेको छैन । मल बिक्री वितरणको जिम्मा लिएको कृषि सामाग्री कम्पनी लिमिटेड यतिखेर निरिह बनेको अवस्था छ ।

बर्दिया स्थित कम्पनीको गोदाममा साढे २ टन युरीया, ३० टन डीएपी मौज्दात रहेको गुलरिया कम्पनीका कार्यालय प्रमुख मोहन सिंह केसीले बताए । ‘कम्पनीले जिल्लाका १ सय ७५ वटा सहकारीलाई मल बिक्रीवितरण डीपोको अनुमति दिएको छ’, उनले भने, ‘कम्पनीसँगै मलको स्टक कम भएकाले सबै डीपोहरुमा मल बाँड्दा थोरै थोरै भाग पर्न आउँछ । भैरहवामै मलको कमी भएकाले जिल्लामा मल अभाव भएको हो । कलकत्तामा मल आएर थन्किएको छ । लकडाउनका कारण मल आउन सकेको छैन ।’ भारतको कलकत्ता स्थित बन्दरगाहमा थन्किएको मल आउन सके अवस्था सामान्य बन्ने उनको भनाइ छ ।अन्नपुर्णपोस्टमा खबर छ।
यादव आचार्य

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments