पुदिनाको प्रयोगले हाम्रो स्वास्थ्यमा के के फाइदा हुन्छ ? जानिराखौ

पुदिनामा औषधीय गुण हुन्छ र यो स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । यसमा भिटामिन ‘ए’ को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसले अनुहार चम्किलो बनाउन पनि सहयोग गर्छ । यो गर्मीका समयमा स्वास्थ्यका लागि झन् बढी फाइदाजनक मानिन्छ किनभने यसको गुण शीतल हुन्छ । पुदिनालाई गमला तथा क्यारीमा पनि सजिलै हुर्काउन सकिन्छ । सानो ठाउँमा लगाउँदा पनि परिवारको आवश्यकता पूर्ति गर्न सजिलै सकिन्छ ।

के हो पुदिना :

पुदिना जसलाई मुख र सास स्वच्छ राख्ने बस्तुको रुपमा लिइन्छ । पुदिना करीब दुई दर्जन प्रजातिमा भेटिन्छन भने करीब एक सय प्रकारको रहेको बैज्ञानिक अनुसन्धानबाट थाह भएको छ । र यसलाई सदियौँ देखि औषधिको रुपमा प्रयोग गरिदै आइएको छ ।

के के मा प्रयोग हुन्छ :

बजारमा पाइने लगभग सबै प्रकारका टुथ पेष्ट, चुइगम, माउथफ्रेसनर्स, चकलेटहरुमा पुदिनालार्य एक प्रमुख बस्तुको रुपमा मिसाइएको हुन्छ । सासको ताजगीका लागि मात्रै होइन अन्य प्रयोजनमा पनि यसको प्रयोगलाई महत्वपूर्ण रुपमा हेरिएको हुन्छ ।

पुदिनाको प्रयोगले हाम्रो स्वास्थ्यमा के के फाइदा हुन्छ

हाम्रो गाँउघर खेतवारी वरपर सहज रुपमा पाइने पुदिना स्वास्थ्यका लागि असाध्यै उपयोगी बनस्पति हो । यसको सेवन तथा प्रयोगले विभिन्न स्वास्थ्य समस्याहरुको सहज समाधान हुन सक्छ । जस्तै

पाचन प्रक्रिया : पुदिना भोक जगाउने बस्तु हो र साथै पाचन प्रक्रियामा पनि ठूलो भुमिका खेल्छ । जब तपाईँलाई पेटको समस्या हुन्छ, पुदिनाको एक कम चिया खाँदा हल्का भएर आउँछ । किनकी पुदिनामा भएको रसायनले हाम्रो मुखमा हुने ग्रन्थीबाट तथा पाचन क्रियामा प्रयोग हुने इन्जाइम निकाल्न मद्धत गर्छ ।

बान्ता र टाउको दुखाईको समाधान :
पुदिनाको प्रयोगले बान्ता र टाउको दुखाईको समस्या समाधान गर्न सक्छ । यसको कडा तथा स्वच्छ बास्नाले बान्ता हुने तथा टाउको दुखाईको समस्या समाधान गर्छ । लामो यात्रामा निस्कदा हुने वाकवाकी, केवल पुदिनाको पात, तेल तथा पुदिना मिसाइएका बस्तु सुघ्नाले ठिक हुन्छ । यति मात्रै होइन पुदिनाको तेल, बाम९ भिक्स० निधार, नाकमा लगाउनाले टाउको दुखाई ठिक हुन्छ ।

स्वासप्रस्वास र खोकी समस्याको समाधान : पुदिनाको बासनाले नाक, घाँटी,स्वास नली तथा फोक्सोको बाटोलाई खोल्ने तथा स्वासप्रस्वासलाई सहज बनाउन मद्धत गर्छ । पुदिनाले स्वासप्रस्वास प्रक्रियाको बाटोलाई सफा गर्ने हुँनाले यी मार्गको जलनबाट हुने खोकीलाई पनि निको गर्छ । त्यसैले दमका विरामीहरुलाई पुदिनाको सेवन गराउने चलन छ ।

स्तनपानमा देखिने समस्याको समाधान : बच्चालाई स्तनपान गराउने कतिपय महिलाहरुको स्तनको निप्पल चर्कने फुट्ने वा थुनेलो हुने समस्या देखा पर्छ । यसको समाधानको लागि पनि पुदिनाको प्रयोग लाभकारी हुन्छ । अध्ययनले के देखाएको छ भने पुदिनाको तेलको नियमति प्रयोगले निप्पलमा देखिने यस्तो समस्या समाधान हुन्छ ।

छाला तथा पिम्पल्स : पुदिनाको रस छाला सफा गर्नका लागि लाभदायी हुन्छ । यसले छालामा हुने संक्रमण घटाउनुका साथै छालालाई भित्रैबाट सफा गरी विमिरा ९ पिम्पल्स० हटाउन मद्धत गर्छ । त्यस्तै लामखुट्टे, मौरी, किराहरुको टोकाइबाट छालामा समस्या भएको बेला पुदिनाको रस लगाउनाले छालालाई सितलता प्रदान गरी सुन्निन समेत कम हुन्छ ।

तौल कम गर्न सहयोग पुरयाउछ :
यदि तपाईँ आफ्नो तौल कम गर्ने सोचमा हुनुहुन्छ भने आफ्नो खानामा पुदिना राख्ने गर्नुस । किनकी पुदिनाले पाचन प्रक्रियाका इन्जाइमहरु चाँडो निकाली छिटटो पाचन गराउन मद्धत गर्छ । यसले गर्दा खानामा भएका पौष्टिक तत्व तथा फ्याट संचित हुनुको सट्टा चाँडैनै शक्तिमा परिणत हुन्छ । जसले तपाईँको तौल ठिक राख्न मद्धत गर्छ ।

मुख स्वस्थ बनाउछ : प्राय सबैलाई थाह भएको कुरा हो पुदिनाको एक फाइदा मुखको स्वास्थ्य पनि हो । पुदिनामा भएको किटाणुनासक विशेषताले मुख भित्र हुने किटाणुहरु मारी जिब्रो तथा दाँतका भागहरु समेत सफा बनाउछ । त्यस्तै स्वासलाई समेत सफा र ताजगी राख्न मद्धत गर्छ ।

स्मरणशक्ति बढाउछ : एक अध्ययनले के देखाएको छ भने पुदिना स्मरणशक्ति, दिमागको सतर्कता, सोच्ने शक्ति, बौदिक कार्यसंग सम्वन्धीत छ । पुदिनामा भएको चुईगम चपाइ राख्ने मानिस अरु मानिसमा तुलनामा धेरै होसियार सतर्क र स्मरण शक्ति बढी भएको पाइएको छ ।

पुदिना बगैंचा, गमला जहाँ पनि रोप्न सकिन्छ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments